Awareness

मुसिकोटका छायाँ सरकार प्रमुख भण्डारी विद्यार्थीका गुनासा सुन्दै विद्यालयमा

खबर राजनीतिका खबर शैक्षिक खबर

Place for ads

सुनिल न्यौपाने, गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका नगर छाँया सरकार प्रमुख झविलाल भण्डारीले विद्यार्थीका समस्या र गुनासो सुन्न बुधबार मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका गुनासो सुन्न पुगेका थिए।

विद्यार्थी सङ्ग छाँया सरकार प्रमुख कार्यक्रम भित्र रहि विद्यार्थीको समस्या र गुनासोलाई सम्बन्धित निकाय सम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको छाया सरकार प्रमुख झविलाल भण्डारीले बताए। सोही कार्यक्रम कै बीच विद्यालयको अवस्था बारे पनि चर्चा गरिएको थियो।

Get Vaccinated

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले भने, ‘विद्यार्थीको समस्या सुन्ने निकायले वास्ता नगर्ने समस्या देख्दा जनप्रतिनिधि मौन हुने जस्ता प्रवृत्तिले शैक्षिकक्षेत्र कमजोर भएको हो।’ उनले यो कार्यक्रम मुसिकोटका प्रत्येक ठाउँमा पुर्याउने र समस्याको समाधानको लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा विद्यार्थीलाई बोल्ने समय पनि छुट्याइएको थियो। सोही अवसरमा उक्त विद्यालयमा अध्ययनरत नवीन थापाले विद्यार्थीले पुस्तक समयमै नपाएको र निःशुल्क शिक्षा कुरामा मात्र सिमित भएको भन्दै आक्रोश व्यक्त गरे।

कार्यक्रममा बोल्दै पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र पाण्डेले निर्वाचन भएको ५ बर्ष पुरा हुँदा समेत निर्वाचित जनप्रतिनिधिले विद्यालयको अवस्था बुझ्ने कोसिस नगरे पनि छाँया सरकारले विद्यार्थीको गुनासो र विद्यालयको अवस्था बारे बुझ्न आएकोमा खुसी व्यक्त गर्नु भयो। शिक्षकको अभावको कारण कक्षा ११ र १२ संचालन गर्न कठिनाइ भएको र यस विषयमा पटक-पटक सम्बन्धित निकाय सङ्ग गुनासो गर्दा गुनासो नसुनिएको प्रधानाध्यापक पाण्डेको दुखेसो थियो।

२०६४ सालमा सुरु गरिएको विद्यालयको भवन अझै सम्पन्न नभएको र विद्यालयको विषयमा यस क्षेत्रका राजनीतिक दल, जनप्रतिनिधि र मुसिकोट नगरपालिका चुप रहनु लज्जास्पद रहेको प्र.अ. पाण्डेको तर्क थियो।

कार्यक्रममा मुसिकोट नगरपालिका छायाँ सरकार प्रमुख झविलाल भण्डारी, पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र पाण्डे, शिक्षक बाबुराम घिमिरे, मुसिकोट दरबारका कार्यवाहक अध्यक्ष पदम सिंह ठकुरी, नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिका वडा नम्बर ३ का सचिव अशोक घिमिरे, विद्यालय सहयोगी धन बहादुर अधिकारी लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन संचारकर्मी सुनिल न्यौपानेले गर्नु भएको थियो।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *