Clean Water Campaign

Awareness Campaign

प्रथम नगर अधिवेशनमा सहभागी हुन प्रदीप ज्ञवाली भोलि वामीटक्सार आउदै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

महेन्द्र घिमिरे, गुल्मी: नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगरपालिका, गुल्मीको प्रथम नगर अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सचिव, पार्टी प्रवक्ता तथा पूर्व परराष्ट्र मन्त्री माननीय प्रदीप ज्ञवालीबाट उद्घाटन गरिने साथै प्रशिक्षण मन्तव्य समेत राख्नुहुने मुसिकोट नगरकमिटी अधिवेशन संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो।

नेकपा एमालेले भोलि हुन लागेको ७५३ स्थानीय तहमा नै एकै दिन अधिवेशन सम्पन्न गर्दैछ। सोही अधिवेशनमा ज्ञवाली अधिवेशन उद्घाटन तथा विशेष सम्बोधनका लागि वामी टक्सार आउन लागेका हुन्।

उहाँ आउने खबरले कार्यकर्तामा थप उत्साह थपिएको छ। यो पहिलो नगर अधिवेशन भएकाले पनि यसलाई महत्त्वका साथ हेरिएको छ। एमालेको विधान महाधिवेशन सम्पन्न भएपछि पहिलो पटक हुन लागेको अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव सहित ७५ सदस्यीय नगर कमिटी गठन गर्नेछ।

सिंचाई
Forest
Ad.

कार्यक्रम सफल पार्न आयोजकले सबैको गरिमामय उपस्थितिको लागि अनुरोध पनि गरेको छ। यस अघि कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न गरेको नेकपा एमालेले कात्तिक ९ गते रुद्रावती बहुमुखी क्याम्पस, वामीटक्सारमा ११.३० बजे प्रथम नगर अधिवेशनका कार्यक्रम सञ्चालन गर्दैछ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया