Hi-Speed Computer

Awareness Campaign

यस्तो छ सोमबारे व्रतको महत्व



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

हिन्दू धर्मशास्त्रका अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवाधिदेव महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

Forest
Forest
Ad.

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो?
सोमबार शिवको व्रत बस्ने चलनको पछाडि धेरै पौराणिक तथा धार्मिक कथाहरु छन्। यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन।

पहिलो एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो।

कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रो शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। समय-समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्याउने आधुनिक चिकित्सा विज्ञानको पनि मत छ। व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे।

Awareness by SKF

यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौँ वर्षदेखि यो चलन चलिआएको मानिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया