युएई: ‘इस्मालीको शान, एकता, सद्भाव र सहकार्य हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ वि.स २०८१ मा स्थापित इस्माली समाज युएईले नारीहरूको पर्व हरितालिका तीज–२०८२ सम्पन्न गरेको छ।
कार्यक्रम इस्माली समाज युएईका अध्यक्ष मानबहादुर कुँवरको सभापतित्वमा सम्पन्न भयो भने प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास युएईका महामहिम राजदूत तेजबहादुर क्षेत्री विशेष उपस्थित रहनुभएको थियो ।
त्यसैगरी विशिष्ट अतिथिहरूमा दिदिबहिनी वेस्ट टेलरिङ्गका प्रवन्ध निर्देशक समीर वैध, ग्रिन स्काई ट्राभल्सका रामकृष्ण पोखरेल, अल दाहब एक्सचेञ्जका लक्ष्मी अर्याल, श्री लक्ष्मी जोएलरीकी कमला भण्डारी तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्याे । गुल्मी सेवा समाजकी सचिव मिना भण्डारी, गीतकार–गजलकार राज यात्री लम्साल लगायत साहित्यिक र सामाजिक क्षेत्रका दर्जनौँ प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो ।
समाजका सह–कोषाध्यक्ष तथा संयोजक हरि बिष्टले स्वागत मन्तव्य राख्नुभएको थियो । मुख्य मन्तव्य राख्दै महामहिम राजदूत क्षेत्रीले विदेशमा रहे पनि नेपालीले आफ्नो भाषा, साहित्य, कला र संस्कृति कहिल्यै नबिर्सनुपर्नेमा जोड दिनुभयो । उहाँले तीज पर्व नेपाली जीवनसँग गाँसिएको पर्व भएकोले यसको संरक्षण र प्रवर्द्धन सबैको जिम्मेवारी भएको बताउनुभयो । साथै, सात लाखभन्दा बढी नेपाली युएईमा रहेकाे सन्दर्भमा दूतावास सधैँ सेवामा तत्पर रहने जानकारी दिनुभयो ।
कार्यक्रमलाई सहयोग गर्ने मुख्य प्रायोजकमा ग्रिन स्काई टुर एण्ड ट्राभल्स, दिदिबहिनी फेसन टेलरिङ्ग, सागर जोएलरी, ट्रस्टेड कि टाइपिङ सेन्टर, श्री लक्ष्मी जोएलरी, एक्सिस ग्राफिक्स, गाउँबेशी रेस्टुरेन्ट, इन्स्टा रेस्टुरेन्ट र अल दाहाब एक्सचेञ्ज रहेका थिए ।
समाजका अध्यक्ष कुँवर र सदस्य राधिका बिष्टले राजदूत क्षेत्री र उहाँकी धर्मपत्नीलाई सम्मान गर्नुभएको थियो । साथै, कलाकारहरूलाई समेत प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा होमनाथ कुँवर, विनय खत्री, रन्जीता कुँवर, सरोज थापा मगर, सुरेन्द्रसिंह ठकुरी, दिपिका बस्नेत, सुष्मा खत्री कुँवर, माया कुँवर, राम विश्वकर्मा, नुरिता गैरे लगायतका कलाकारहरूले गायन र नृत्य प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रमको सञ्चालन महासचिव मनोज ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रम भव्यतापूर्वक सम्पन्न पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने यस संस्थाका सचिव सुनिल चन्द थापा, कार्यसमिति सदस्य दिपक कुँवर, सदस्य प्रेम जिसी लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरिएको छ।
अन्त्यमा अध्यक्ष कुँवरले इस्माली समाज युएईले विषादीमुक्त उत्पादनको व्यावसायिकरण, बसाइँसराई नियन्त्रण, स्वच्छ खानेपानी मेसिन सुलभ दरमा उपलब्ध गराउने अभियानलाई तीव्र गतिमा अघि बढाइरहेको जानकारी दिनुहुँदै कार्यक्रम समापन गर्नुभयो। -साहित्य पोष्ट
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |