उपरोक्त सम्बन्धमा २०८२ भदौ १७ गतेका दिन कुनै एक विषयको रिपोर्टिङका लागि हामी गुल्मीको मदाने गाउँपालिकामा पुगेका थियौ।
जुन विषय बारे त्यस पालिका-६, पुर्कोटदह स्थित पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन बहादुर कुँवर क्षेत्री समक्ष केही विषयमा कुराकानी गर्न पुगेका थियौँ।
त्यस क्रममा शिक्षक देविराम भुसाल प्रधानाध्यापक क्षेत्रीको कार्यकक्षमा अत्तालिदै भित्र छिरेर ‘अपरिचित केहि व्यक्तिले हाम्रो एकजना विद्यार्थी अपहरण गरेर जङ्गलबाट तल झार्यो भन्ने जानकारी आयो, सर।’ भन्नुभयो। तत्काल उहाँले ईलाका प्रहरी कार्यालय र छिमेकी जिल्लाका प्रहरीहरुलाई समेत खबर गर्नुभयो। लगत्तै विद्यालय परिवार, जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी अपहरण गरिएको भन्ने स्थानमा खोजतलासका लागि गएको थियो। खोजतलासमा सघाउ पुगोस् भनेर प्रधानाध्यापकले नै हामीलाई गाडीमा लगेर घटनास्थल भनिएको स्थानमा पुर्याई समाचार बनाई दिन आग्रह गर्नु भएको थियो। त्यति बेलासम्म घटना सबै जनालाई गम्भिर लागेको थियो।
पछि बालबालिकाहरुले गृहकार्य नगरेको र विद्यालय आउन अबेर पनि भएको डरले अपहरणको बहानाबाजी गरेको कुरा विद्यालय र प्रहरीले पुष्टि गरेपछि ती बालबालिकाहरुको तस्वीर र भिडियोहरु राख्दा बाल मनोविज्ञान र भविष्यमा समेत नकारात्मक असर पर्ने महसुस गरेर प्रेस काउन्सिल नेपालको निर्देशन अनुसार भिडियो तथा तस्वीरहरु हटाएका/ब्लर गरेका छौँ। संप्रेषित समाचार प्रति भने कुनै आपत्ति नरहेको विद्यालयले जनाएको छ।
यसबाट सम्बन्धित पक्षलाई पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ। आगामी दिनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्ने समेत प्रतिबद्धता व्यक्त गर्दछौँ।
– सम्पादक
सम्बन्धित खबर: पृथ्वी मावि पुर्कोटदहका विद्यार्थीलाई बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण
अपहरित भनिएका पुर्कोटदहका विद्यार्थी लुकेर बसेको भेटिए (भिडियो सहित)
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |