गुल्मी: मुसिकोट नगरपालिका-३, ठुला पोरखरा स्थित बडागाउँ ज्ञानकुञ्ज ई. बोर्डिङ स्कुलले यस वर्ष विशेष तीज मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ। विद्यालय प्रशासनका अनुसार उक्त कार्यक्रम आज अर्थात २०७८ साल श्रावण ३१ गते विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न गरिनेछ।
नेपाली संस्कृतिको एक अभिन्न पर्व तीजलाई सांस्कृतिक उत्थान, महिला सशक्तीकरण र समुदायबीचको आपसी एकता बढाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीयवासी तथा पाहुनाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा तीज गीत, नृत्य, सांगीतिक प्रस्तुति, कविता तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रहनेछन्। विद्यालय परिवारले सबैलाई खुलेर नाचगान गर्दै खुशी बाँड्ने यो अवसरलाई नछुटाउन अनुरोध गरेको छ।
यस कार्यक्रमका मिडिया पार्टनरहरूमा कुरिएर न्यूज नेपाल, ओझेलका खबर डटकम र Musikot News फेसबुक पेज रहेका छन्। विद्यालयले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सांस्कृतिक लुगा–भेषमा उपस्थित भएर कार्यक्रममा रंग भर्ने आह्वान गरेको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |