Hi-Speed Computer

Awareness Campaign

लुम्बिनीमा १९ वर्षिया किशोरी झरना चौधरी बनिन् एमालेको वडा सचिव



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

दीपक जैसवाल, लुम्बिनी: नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पुर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडाअधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ मा १९ वर्षिया झरना चौधरी नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका पार्टीको वडा सचिव बन्न सफल भएकी छन्।

Forest
Forest
Ad.

जसअन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेका ५ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको नेकपा एमाले केन्द्रिय सदस्य राष्ट्रिय सभा सांसद खिमलाल भट्टराई ले जानकारी दिए। लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रहेका जिल्ला, प्रदेश र केन्द्रिय नेतृत्वको सहभागितामा सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएको भट्टराईको भनाई छ। सेतोमसी डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया