Smoking Causes Cancer

नेकपा एमाले निसीखोलाको ५ वटा वडामा गरियो नेतृत्व चयन



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

ओझेलका खबर संवाददाता, बागलुङ: नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा अधिवेशन देशका अधिकांश वडाहरुमा कार्तिक ६ गते सम्पन्न भएको छ।

त्यस्तै बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको ५ वटा वडामा पनि नेतृत्व चयन गरेको छ भने २ वटा वडामा चयन नभएको नेकपा एमाले निसीखोला गाउँ पालिकाका संयोजक रुद्रप्रसाद पौडेलले जानकारी दिनु भएको छ।

संयोजक पौडेलको अनुसार वडा नम्बर २ मा भिम बहादुर कुँवर, वडा नम्बर ३ दिपक चन्द, वडा नम्बर ४ मनहरी पौडेल, वडा नम्बर ५ रुविन मगर र वडा नम्बर ७ मा खुमन थापा सर्वसम्मत रुपमा चयन भएको संयोजक पौडेलको भनाइ रहेको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै वडा नम्बर १ र ६ मा भने नेतृत्व चयन भएको गरिएको छैन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया