Clean Water Campaign

Awareness Campaign

एमाले वडा अधिवेशन: गुल्मीको मुसिकोटका ९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: नेकपा एमाले गुल्मीले आज जिल्लाका सबै वडामा वडा अधिवशन सम्पन्न गरेको छ। जिल्लामा रहेका ९३ वटा वडामा एकैपटक वडाअधिबेशन सम्पन्न भएको बताईएको छ। यसै बिच मुसिकोट नगरपालिकाका ९ वटै वडामा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।

वडा नंबर १ मा सम्पन्न अधिवेशनबाट अध्यक्षमा नारायण बहादुर थापा र सचिवमा भुपेन्द्र रायमाझी सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै वडा नं. २ मा हरि बहादुर कुँवर अध्यक्ष टिका थापा सचिव, वडा नं. ३ मा मधु मल्ल अध्यक्ष र सचिवमा अशोक सोमै सर्वसम्मत चयन हुनुभएको छ। वडा नं ४ मा जुक्त बहादुर छन्तेल अध्यक्ष, उपाध्यक्षमा ओम बहादुर केसी र राजेश अधिकारी सचिव चयन हुनुभएको छ।

वडा नं. ५ मा चन्द्र खरेल अध्यक्ष र राजेश गुरुङ सचिव, वडा नं ६ मा हेमराज शर्मा अध्यक्ष, वडा नं ७ मा टोपनारायण शाक्य अध्यक्ष र लक्ष्मण खरेल सचिव, वडा नं ८ मा चुरा बहादुर खत्री अध्यक्ष र चन्द्र बहादुर घर्ती सचिवमा सर्वसम्मत चयन हुनुभएको छ। भने वडा नं ९ मा उमाकान्त खरेल अध्यक्ष र सचिवमा कर्ण बहादुर विक चयन हुनुभएको छ।

सिंचाई
Forest
Ad.

वडा अधिवेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत भएको छ। कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित भएका छन्।

वडा अधिवेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ/नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ। त्यस्तै दलित/महिला/जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ।

निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अधिवेशन सम्पन्न हुँदैछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया