Hi-Speed Computer

Awareness Campaign

भिम रावल भन्छन्, ‘अध्यक्षले नै १० बुँदेको औचित्य नरहेको भनेपछि राजीनामा दिएँ’



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन्।

शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नै १० बुँदेको औचित्य नरहेको बताएपछि आफूले फरक मत राखेर कार्यदलबाट राजीनामा दिएको बताएका हुन्।

उनी १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक थिए। नेता रावलले एमालेको एकता जोगाउन आफूले सक्दो प्रयास गरेको पनि उल्लेख गरेका छन्। ‘एमालेको एकता जोगाउन वार्ता, सहमति, कमिटी बैठक र कार्यदलमा इमान्दारीका साथ भरमग्दुर प्रयास गरेँ।

Forest
Forest
Ad.

१० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिएँ। तर, आज स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षबाट नै १० बुँदे सहमतिको औचित्य नरहेको धारणा प्रकट भएपछि फरक मत दर्ज गर्दै कार्यदलबाट राजीनामा दिएको छु।’ उनले लेखेका छन्।

उनले शुक्रबारको स्थायी कमिटी बैठकमा कार्यदलबाट राजीनामा दिने घोषणा गरेका थिए। ज्योतिन्यूज डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया