Place for ads

Awareness

नेकपा एमालेद्वारा एकीकृत समाजवादीलाई नयाँ पार्टीको मान्यता, महाधिवेशनमा अतिथि बनाउने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

भरतपुर: नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले नेकपा एमाले विभाजन गरी माधव कुमार नेपालको अध्यक्षतामा दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टीलाई मान्यता दिएको संकेत गरेका छन्।

बिहिबार चितवन जिल्ला कमिटिले चितवनमा हुन गइरहेको दशौँ महाधिवेशनको विषयमा आयोजना गरेको पत्रकार सम्मलेनको क्रममा उनले उक्त संकेत गरेका हुन्। एमालेले बुधबार स्थायी कमिटी बैठकबाट यसअघि बुटवलमा प्रस्ताव गरिएको दशौँ महाधिवेशन कार्यक्रम चितवनमा सार्ने निधो गरेको थियो।

Get Vaccinated

उक्त निर्णयले खुशी भएको एमाले चितवन जिल्ला कमिटीले सोही निर्णय आएको भोलिपल्ट चितवनको भरतपुर रिसोर्टमा आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा पत्रकारले सोधेको जिज्ञासामा नेता पोखरेलले नेकपा एसलाई एमालेले अब मान्यता दिइसकेको बताएका हुन्।

यसअघि एमालेले नेकपा एसको दर्ता अवैध भएको भन्दै निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन समेत हालेको थियो। सो मुद्धा अहिले विचाराधिन अवस्थामा छ। उक्त पार्टीको दर्ता अवैध भएको र १४ जना सांसदको पद खारेज हुनुपर्ने भन्दै एमालेले संसद बैठक समेत अवरोध गर्दै आएको छ। एमालेले नेकपा एसलाई मान्यता दिएको छैन।

बिहिबारको पत्रकार सम्मेलनमा एक पत्रकारले १० औँ महाधिवेशनमा कुन कन दलका नेताहरुलाई निम्तो दिनुहुन्छ? भन्दै प्रश्न सोधेका थिए। त्यसको जवाफमा नेता पोखरेलले नेपालका सबै राजनीतिक दललाई अतिथि बोलाइने बताए। त्यसपछि पत्रकारले फेरी प्रश्न गरे, ‘तपाईँहरुले माधव कुमार नेपालको पार्टीलाई मान्यता दिनुभएको छैन, सो महाधिवेशनमा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीका नेता हुन्छन् कि नाइ अतिथिको रुपमा?’

पत्रकारले सोधेका प्रश्नमा फेरी पोखरेलले जवाफ दिए, ‘हामीले नेपालका सबै राजनीतिक दलहरुलाई बोलाउँछौं, जो आउँछन् उनीहरु अतिथि हुन्छन्।’

Awareness by SKF

उनले सबै शक्तिको केन्द्र चितवन भएको कारण यसपटक चितवन जिल्लालाई नै महाधिवेशन स्थलको रुपमा चयन गरिएको बताए। उनले यस महाधिवेशनले हालसम्म देशमा चार प्रकारका ठूला उपलब्धिहरु भएको भन्दै राणा शासन, पञ्चायत , राजतन्त्रको अन्त्य भई नयाँ संविधान जारी जस्त यी उपलब्धिहरुलाई संस्थागत गर्ने काम एमालेले गर्ने सन्देश पनि दिन खोजिएको बताए।

राष्ट्रियता, दिगो विकास, २०३० सम्म नेपाललाई मध्यम आय भएको मुलुक बनाउने, नेपालमा कम्युनिष्ट एकताको खाँचो औल्याउने तथा एमाले विभाजन गरेका र नेकपा माओवादीका नेताहरुलाई पनि एमालेले वाम गठबन्धनको रुपमा ७४ सालमा पाएको जनमत भन्दा ठूलो शक्ति बनाउने सन्देश पनि दिइने बताए।

उनले एमाले विभाजन भएपनि अबको चुनावमा बहुमत ल्याउने समेत बताए। चितवन महाधिवेशनमा ५ लाख मानिसहरु आउने अपेक्षा रहेको भन्दै एक हप्ता भित्र ठाँउ समेत निश्चित गरिने बताए।

उनले अबका चुनावमा समग्र ५ दलीय गठबन्धन नै प्रतिस्पर्धी भएको समेत बताए। एकै दलले एमालेसँग लड्न सक्ने आँट नगरेको समेत उनको भनाई छ।

COVID-19

त्यस्तै एमाले नेता कृष्ण भक्त पोखरेलले एमालेमा १० बुँदे कार्यान्वयनको समस्या नरहेको भन्दै धेरै जसो विषयहरु कार्यान्वयन भइसकेको बताए। अब दश बुँदे छोडेर महाधिवेशन तर्फ केन्द्रीत हुने समय आएको समेत बताए।

नेता काँशिनाथ अधिकारीले लोकतन्त्रमा पार्टी कसरी चलाउनुपर्छ भनेर एमालेले सन्देश दिएको बताए। विधिको महाधिवेशन र नेता छान्ने महाधिवेशन दुई पटक हुनुपर्ने भनी एमालेले नयाँ सन्देश दिएको समेत उनको भनाई छ। उनले एमाले अझै जिम्मेवार भएर अघि बढ्ने भन्दै देश बाउने सामर्थ्य भएको पार्टी एमाले मात्रै रहेको समेत बताए।

त्यस्तै एमाले चितवन जल्ला अध्यक्ष पार्वती रावलले एमालेको विभान महाधिवेशनले राष्ट्रिय रुपमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत चर्चा र तरङ्ग आएको बताइन्।

अब एमाले नयाँ उद्देश्य सहित अघि बढ्ने भन्दै उनले पहिलेदेखि देखिकै ऐतिहासिक महत्व बोकेको चितवनमा महाधिवेशन गर्न पाउनु गर्वको कुरा भएको समेत बताएकी थिइन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया