Hi-Speed Computer

Awareness Campaign

गुल्मीकी आमै भन्छिन्: ७ बर्षको उमेरमा विवाह भयो, श्रीमानलाई ‘बा’ भन्थेँ [भिडियो सहित]



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: अहिले ७६ बर्ष उमेर पुगेकी गुल्मीको मालिका गाउँपालिका, वडा नम्बर ८, मरभुङ्ग गाउँकी ज्ञानकुमारी अर्याल ७ बर्षको उमेरमा विवाह भएको र ३३ बर्षको उमेरमा श्रीमानको मृत्यु भई एकल महिला हुनु परेको पीडा सुनाउँछिन्।

उनी भन्छिन, ‘म ७ बर्षकी बालिकालाई विवाह के हो भन्ने थाहै थिएन। त्यति बेला कन्यदान दिने चलन थियो। २२ बर्षका केटा संग बाबु आमाले विवाह गरि पठाए, घर गर्न थाले पछि मैले मेरा श्रीमानलाई बा’.. बा’ भनेर बोलाउँथेँ।’ १६ बर्षको उमेरमा पहिलो सन्तान छोरी जन्माएकी उनले लगतार ४ छोरी पछि दुई छोराहरु जन्माईन।

उनी ३३ बर्षको उमेर पुग्दा उनका श्रीमान भोजराज आर्यालको मृत्यु भयो। त्यस पछि छोरा छोरी हुर्काउन , पढाउन मुस्कील परेको दुखका दिन उनी सुनाउँछिन। गुल्मी कै सिर्सेनी माईती घर भएकी अर्यालको पेट अहिले पनि सुनिएको फुलिएको छ। लौराको सहारामा हिड्छिन्।

Forest
Forest
Ad.

भुरभुङ्ग कै एक कार्यक्रममा लौरो टेक्दै आएकी ज्ञानकुमारी चोलीको तुनामा डोरीले बाँधेर खोजीमा राखिएको मोबाईलमा कुराकानी गर्न ब्यस्त थिईन।

कार्यक्रममा ७ बर्षको उमेरमा विवाह भई ३३ बर्षको उमेरमा एकल महिला बन्नु परेको र अनेकन रोगले ग्रस्त हुनु परेको उनै ज्ञानकुमारीलाई उदाहरण दिदै गाउँपालिका उपाध्यक्ष देवा अर्यालले भनिन–‘ बाबु आमाले बाल विवाह गराई दिन्छन। १५/१६ बर्षकै उमेरमा बच्चा जन्मिन्छन।

मोबाइल चलाउन थालेको १२ बर्ष भएको र त्यही मोबाईल नै हाल सम्म टिक्दै आएको उनले सुनाईन। नम्बर हान्न जानेको तर कसैको नम्बर सेभ गर्न र रिर्चाज गर्न भने अरुलाई गर्न लगाउने गरेको उनी बताउँछिन्।

त्यस पछि अनेकन बिमारले महिलाहरु छट्पटिएर बाँचेका हुन्छन तर श्रीमानले त्यसरी बिस्तरामा छट्पटिएकी श्रीमतिलाई उपचार गर्न लैजाउँ भन्ने सोच्दैन बरु अर्की राम्री केटी कहाँ छ? भनेर खोज्दै हिड्छ ।’ उनले त्यो तितो सत्य ओकल्न साथ दर्शक दिर्घमा बसेका सयौं महिलाले तालीले समर्थन जनाए। हुटिङ्ग पनि गरे महिलाहरुले।

Awareness by SKF

उपाध्यक्ष अर्यालले बालविवाह रोक्न गाउँपालिकाले अभियान नै छेडेको बताउँदै भनिन्, ‘गाउँमा कसैले छोरीको विवाह २० बर्ष उमेर नपुगी गराई दिन लागेको छ भने गाउँपालिका वा वडाका जनप्रतिनिधीहरुलाई तत्काल सुचित गर्नुस भनेर आग्रह समेत गरिन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया