Clean Water Campaign

Awareness Campaign

जन्मेको माटोले बोलायो, अब गुल्मीबाटै चुनाव लडेर सासंद बन्छु: रामकुमारी झाँक्री



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मीको माटोले फेरि गुल्मी बोलाएको बताएकी छन।

लामो समय नेपाली राजनीतिमा सक्रिय रहेपनि गुल्मीलाई आफ्नो भुगोल बनाउन नपाएको गुनासो गर्दै मन्त्री झाँक्रीले आगामी निर्वाचनमा गुल्मीबाटै चुनाव लड्ने बताईन।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले लामो समय गुल्मीमा रहेको राजनीति सिन्डिकेट भत्काउन सफल भएको भन्दै अब यहीँ गुल्मीबाटै निर्वाचन लडेर जनप्रतिनिधि बन्ने दावी गरिन।

सिंचाई
Forest
Ad.

गुल्मीको माटोमै हुर्केको चेली भएकाले गुल्मीको समृद्धिको लागि सदैव प्रयत्नशील रहने प्रतिबद्धता समेत जनाएकी छन।

केही साथीहरूले बनिबनाउ घरको नाममा दास बन्न कोशिस गरेको भन्दै उनले ती मान्छेहरु भोलि पछुताउने बताईन।

गुल्मीमा कम्युनिष्ट पार्टीले लगातार निर्वाचन जितिरहेको र सत्तामा पुगेको भए पनि यहाँको विकास निर्माण र नागरिकहरुको जीवनस्तर माथि उकास्ने उपलब्धि खासै नभएको उनको भनाइ थियो।

एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिव समेत रहेकी नेतृ रामकुमारीले कम्युनिष्ट आन्दोलन र समाज बदल्नका लागि एकीकृत समाजवादी पार्टीको स्थापना गरेकाले यही पार्टीमा सबैलाई लाग्न आग्रह गरिन्।

Awareness by SKF

‘मन्त्री भएपछि केही नयाँ काम गर्नुपर्नेछ भन्ने सोचेकी छु।’ उनले भनिन, ‘वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने हो।’ उनले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्ने बताइन्।

भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि लड्ने उनको भनाई थियो। शहरी विकास मन्त्री झाँक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया