Clean Water Campaign

Awareness Campaign

नेकपा एमाले मुसिकोटको प्रथम नगर अधिवेशन कार्तिक ९ गते हुने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, गुल्मी: नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुसिकोट गुल्मीको प्रथम नगर अधिवेशन यहि कार्तिक ९ गते वामीटक्सारमा हुने भएको छ। जनताको बहुदलीय जनवादलाई शिरोधार्य गरेको नेकपा एमालेले राज्य सङ्घियतामा प्रवेश गरेपछिको मुसिकोटमा यो पहिलो नगर अधिवेशन हो।

स्थानीय निर्वाचन बपश्चात नेकपा माओवादी र नेकपा एमाले एकता भएपछि दुइवटै पार्टीलाई समेटेर निर्माण भएको नेपाल कम्युनिष्ट पार्टीको नगर कार्य समितिको कार्यकाल पूरा नहुँदै छुट्टिएर आ-आफ्नो परिचयमा बस्न चाहेपछि एमालेले औपचारिक रुपमा विधान महाधिवेशन गरि प्रथम नगर अधिवेशन गर्न लागेको एमाले नगर सचिव तथा अधिवेशन संयोजक प्रकाश काफ्लेले जानकारी दिनुभयो।

स्थानीय सरकारको रुपमा आफ्नै पार्टीको सरकार भएपनि पार्टीलाई थप सङ्गठित, जनमुखी र लोकप्रिय बनाउनुपर्ने भन्दै कार्यकर्ताको मर्म र भावना अनुसार तत्काललाई मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँका वडाध्यक्ष समेत रहेका कर्णध्वज जिसीलाई एमालेले सर्वसहमतिबाट नगर अध्यक्षको जिम्मा लगाएको छ भने मुसिकोट नगरपालिका-७, वामीका विकाशप्रेमी वडाध्यक्ष प्रकाश काफ्लेलाई सर्वसहमतिबाटै नगर सचिवको जिम्मा लगाएको छ।

सिंचाई
Forest
Ad.

आउदो कार्तिक ९ गते एमालेले मुसिकोटको नयाँ नगर कार्य समिति चयन गर्नेछ जसको लागि वडा तहदेखि तयारी थालिएको सचिव काफ्लेले बताउनुभयो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया