Clean Water Campaign

Awareness Campaign

केपी ओलीका कारण कम्युनिष्ट पार्टी पुनर्गठनः नेता चौधरी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिब्युरो सदस्य मेटमणि चौधरीले केपी ओलीका कारण कम्युनिष्ट पाटी पुनर्गठन गरेको बताएका छन।

एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम भेलालाई सम्बोधन गर्दै नेता चौधरीले केपी ओलीले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिष्ट पार्टीको रुपमा एकीकृत समाजवादी गठन गरेको बताए। उनले नेपालमा रहेका कम्युनिष्ट पाटीहरुसंग एकता गर्दै कम्युनिष्ट पार्टीको नेतृत्व समेत एकीकृत समाजवादी पार्टीले गर्ने दावी गरे।

प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणिले केपी ओलीको पार्टीले आगामी निर्वाचनमा जनतासंग मत माग्ने नैतिकता समेत गुमाएको बताए। ‘अब केपी ओलीले नेतृत्व गरेको पार्टी चुनावमा हामीलाई विजयी बनाएर पठाउनुस, हामी पटक-पटक ससंद विघटन गरेर देखाउँछौ भन्दै भोट माग्छन त? उनले भनेर त्यसकारण केपी ओली पार्टी नेपालबाट छिट्टै विलय भएर जान्छ।’ उनले भने।

सिंचाई
Forest
Ad.

उनले कम्युनिष्ट पार्टीको नाम बेचेर झापाबाट पटक-पटक निर्वाचन जित्ने केपी वलीले अबको निर्वाचनमा झापाबाटै चुनाव जितेर देखाउन चुनौती दिए। कार्यक्रममा पार्टीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाँक्री, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले बोलेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया