Smoking Causes Cancer

पहिलो पटक नेपाल ग्यास कम्पनी आईपीओ जारी गर्ने तयारिमा



भुवन काफ्ले
५ वर्ष अगाडि


Place for ads

काठमाडौं– नेपाल ग्यासले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।

प्राथमिक सेयर निष्कासनका लागि प्रालिमा रहेको नेपाल ग्यासलाई पब्लिक कम्पनी बनाएको छ । नेपाल ग्यासमा अविनास समूहले अहिलेसम्म करिव दुई अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ ।

अविनाश समूहले ८ वर्ष अघि ८८ करोड रुपैयाँमा नेपाल ग्यास किनेको थियो । नेपाल ग्यास किनेपछि डेढ अर्ब लगानी थपिसकेको छ ।

सिंचाई
Forest
Ad.

बालाजुमा औद्योगिक क्षेत्र भित्र रहेको ग्यास प्लान्टमा हजार टन क्षमता पु¥याएको छ भने धनुषा, चितवन र बाँकेमा प्लान्ट स्थापना गरेको छ ।

आफ्नो मुनाफा सर्वसाधारणले पनि पाउने गरी नेपाल ग्यासलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने काम सुरु भइसकेको अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्टले बताए ।

कम्पनीप्रति सर्वसाधरणको विश्वास कति छ भनेर नाप्न आइपीओ फलदायी हुने उनको बुझाइ छ । नेपाल ग्यास पब्लिक कम्पनीमा गएर आइपीओ जारी गरे नेपालका लागि यो नै पहिलो ग्यास उद्योग हुनेछ ।

आइपीओ जारी गरेर पुँजी कति पु¥याउने, कति सेयर सर्वसाधारणलाई दिनेलगायतका विषयमा विज्ञहरुले अध्ययन गरिरहेको कम्पनीले जनाएको छ ।

Awareness by SKF

नेपाल ग्यासले अहिले करिब पाँच हजार टन हाराहारी ग्यास बिक्री गर्दै आएको छ। पुँजी र क्षमता बढाउन नेपाल ग्यासले अन्य ग्यास उद्योगहरुसँग मर्जरका लागि कुराकानी अघि बढाएको छ ।

नेपालमा ग्यास उद्योगहरुको संख्या धेरै भएको र मर्ज भएको अवस्थामा उत्पादन लागत समेत कम पर्ने आकलन गरिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै नेपाल ग्यासको ९ लाख सिलिन्डर रहेको कम्पनीले जनाएको छ । घाटा खाएर सिलिन्डर बिक्री गर्नुको साटो बरु भएका सिलिन्डर झिकाउने नेपाल ग्यासको तयारी छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया