Awareness Campaign

समृद्धि फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने, तयारिमा



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद सेयर निष्काशनका लागि अनुमति माग गरेको छ । २ः१ को अनुपात हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले २ अर्ब ७२ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । उक्त हकप्रद निष्काशनका लागि साउन १५ गते बोर्डमा निवेदन दिएको हो ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस् मैलुङखोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ – मैलुङखोला जलविद्युतको आईपीओ भने आज अन्तिम दिन रहेको छ ।

Forest
Forest
Ad.

यस अघिनै माग भन्दा धेरैको आवेदन परिसकेको कम्पनीको शेयरमा आज कार्यालय समय भित्र आवेदन दिन सकिने छ ।

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ।

Awareness by SKF

यो आईपीओमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

मैलुङ खोला जलविद्युतको यो आईपीओलाई धितोपत्र बोर्डले गत असार २३ गते निष्कासन अनुमति दिएको थियो ।

यो कम्पनीको आईपीओमा पनि सर्वसाधारणले १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ । किनकि यसअघिको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो । यसमा झन्डै २१ लाख आवेदकबाट सेयर माग भएको थियो।

यो हिसाबले मैलुङ खोलाको आईपीओमा पनि २१ लाख बढी नै आवेदन पर्ने देखिन्छ। जसअनुसार यो आईपीओ गोलाप्रथाबाट १०÷१० कित्ताका दरले बाँडफाँड हुने देखिन्छ।

यो पाईपीओमा सर्वसाधारणले ६ लाख ८४ हजार ७४६ कित्तामा मात्र आवेदन दिन पाउने हुँदा ६८ हजार ४७४ आवेदकले १० कित्ताका दरले र तिनै आवेदनकमध्ये १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ६ आवेदकले थप १÷१ कित्ता पाउनेछन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया