Awareness Campaign

हुम्लाका विद्यालय पुनः बन्द हुने



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

हुुम्ला । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो ।

ताँजकोट र अदानचुलीकाका प्रमुख प्रशासकीय अधिकृतलाई शुक्रबार बसेको जिल्लाको डिसीसिएमसी बैठकपछि विद्यालय सञ्चालन नगर्न फोनमार्फत जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो ।

Forest
Forest
Ad.

त्यस क्षेत्रका कतिपय स्थानमा टेलिफोनले राम्रोसँग काम नगरेका कारण अझै स्पष्ट जानकारी हुन नसकेको उहाँले बताउनुभयो ।

गाउँगाउँमा कोरोना सङ्क्रमणका लक्षणसँग मिल्ने बिरामी बढिरहेको अवस्थामा विद्यालयमा सञ्चालन गर्न नसकिने निष्कर्ष बैठकले निकालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

चंखेलीमा गत असार २९, ताँजाकोटमा साउन १५ र अदानचुलीमा साउन २० गतेबाट विद्यालय सञ्चालन हुँदै आएको छ । तीनवटा गाउँपालिकामा पठनपाठन भइरहेका ६६ वटा विद्यालय पुनः बन्द हुने भएका हुन् ।

विद्यालयमा विद्यार्थीको भीडभाड बढी हुने र यसबाट सङ्क्रमण बढ्न सक्ने भएका कारण बन्द गर्न जिल्ला शिक्षा समन्वय एकाइ प्रमुखलाई जानकारी गराइएको र डिसीसिएमसीको बैठकले जिल्लामा पठनपाठन भइरहेका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया