Hi-Speed Computer

Awareness Campaign

ऋषिङमा एकल पुरुषलाई पनि भत्ता, असल बुहारीलाई सम्मान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

– विनोद ढुङ्गाना

तनहुँ: तनहुँको ऋषिङ गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता उपलब्ध गराउने जनाएको छ। संघिय सरकारले एकल महिलालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ। एकल महिलाले मासिक ३ हजार रुपैयाँ भत्ता बुझ्छन्। एकल पुरुषले भने सरकारबाट एक सुको पाउदैनन।

तनहुँको ऋषिङ गाउँपालिकाले भने आगामी आर्थिक बर्षबाट एकल पुरुषलाई पनि भत्ता दिने घोषणा गरेको छ। बिहीबार नवौँ गाउँ सभामा आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने, ‘गरिब तथा विपन्न एकल पुरुषलाई एकल पुरुष भत्ता उपलब्ध गराईनेछ।’

Forest
Forest
Ad.

गाउँपालिकाले सासु ससुराको राम्रो स्याहार सुसार गर्ने असल बुहारीलाई सम्मान गर्ने नीति समेत अवलम्बन गर्ने जनाएको छ। अध्यक्ष श्रेष्ठले भने, ‘ऋषिङ गाउँपालिकामा आमा समूहको कार्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘आमासंग जनप्रतिनिधी कार्यक्रम’ सञ्चालन गरिनेछ। यस कार्यक्रम अन्तर्गत वृद्ध तथा अशक्त आमाबाबु तथा सासु ससुरालाई राम्रो स्याहार सुसार गर्ने उत्कृष्ट बुहारीलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।’ यो कार्यक्रमले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सघाउने उनको विश्लेषण छ।

यो पनि हेर्नुहोस्: यस्तो छ मुसिकोट नगरपालिकाको बजेट (पूर्ण पाठ सहित)

यस्तै, गाउँपालिकाले अपांगता भएका व्यक्तिको जीवनयापनलाई सहज र सरल बनाउन सरकारले सामाजिक सुरक्षा भत्ता नदिने ‘ग’ र ‘घ’ वर्गको अपांगता परिचयपत्र भएकालाई वार्षिक एकमुष्ठ भत्ता उपलब्ध गराउने नीति बनाएको छ। एक घरः एक धारा, खरको छानो मुक्त घर, प्राविधिक विद्यालय सञ्चालन, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, सहारा विहिनलाई घर बनाउने जस्ता आकर्षक नीति पनि गाउँपालिकाले लिएको छ। कृषिमा आर्कषण बढाउन बाँझो जग्गामा खेती गर्न चाहने कृषकलाई प्रोत्साहन गर्दै अनुदान उपलब्ध गराउने गाउँपालिकाको योजना छ। गाउँपालिकाको केन्द्रबाट सबै वडामा पुग्ने सडकलाई कालोपत्रे गराउने समेत जनाईएको छ।

ऋषिङले विहीबार नवौँ गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५२ करोड रुपैयाँको अनुमानित बजेट गाउँ सभामा पेश गरेको छ। गाउँपालिकालाई संघिय सरकारबाट समानिकरण अनुदानमा १० करोड रुपैयाँ, राजश्व बाँडफाँडमा ८ करोड ५४ लाख ३० हजार रुपैयाँ, प्रदेश सरकारको समानीकरण अनुदानमा १ करोड १९ लाख ५३ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट ६४ लाख रुपैयाँ र संघिय सरकारको सशर्त अनुदानमा २१ करोड ८६ लाख आम्दानी हुने बजेटमा उल्लेख गरिएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया