Hi-Speed Computer

Awareness Campaign

फेसबुकमा अभिनेता प्रदिपको प्रतिप्रश्न: ‘समाजसेवा प्रचार नगरी गर्दा हुन्छ कि प्रचार गर्नैपर्छ?’



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: नायक प्रदिप खड्काले एक कोल्ड ड्रिंक्सको विज्ञापन गर्दै सामाजिक संजालमा तस्वीर पोष्ट गरेपछि अहिले यसलाई लिएर बहस नै भैरहेको छ। सामाजिक सञ्जालमा कोल्ड ड्रिंक्सको प्रचार किन गरेको भनेर प्रश्न सोझ्याउने केही प्रयोगकर्ता छन् भने केहीले प्रदिपले विज्ञापन गर्ने बित्तिकै प्रयोग गर्नैपर्छ र भनेर उनको बचाउ पनि गरेका छन। तर, अधिकांश प्रश्न सोध्नेहरुलाई प्रदिपले जवाफ पनि फर्काएका छन। उनी र उनको तस्वीरमा प्रतिक्रिया दिनेहरु बिच सवालजवाफ नै चलेको देखिन्छ।

केही दर्शकले यस्तो समयमा जनतालाई सहयोग नगरी उल्टै कोल्ड ड्रिंक्सको प्रचार गरेर पैसा कमाउन तल्लिन भएको भन्दै उनको आलोचना गरिरहेका छन। महामारीको समयमा पनि जनताको साथमा नदेखिएको भन्दै प्रदिपको आलोचना पनि भएको छ।

उनै प्रदिपले यसमा जवाफ दिदै लेखेका छन, ‘अक्षरशः जाने हो भने भगवानले सहयोग गर्ने हो, भगवानलाई सहयोग आवश्यक पर्छ? भावनात्मक रुपमा जाने हो भने आवश्यक पर्नेलाई पक्कै सहयोग गर्नु पर्छ। बिना प्रचार गर्दा हुन्छ कि प्रचार गरेरै गर्न पर्छ?’

Forest
Forest
Ad.

प्रदिपले अगाडि लेखेका छन्, ‘आफ्नो सामर्थ्य भन्दा माथि सहयोग गर्न जरुरी छ? कसैलाई व्यक्तिगत रुपमा सहयोग जुटाउन मैले अपिल गर्दा मद्दत बढ्छ भने म त्यो गर्छु र गरेको पनि छु। यसलाई म प्रचार भन्दा पनि माध्यमको प्रयोग मान्छु।’

प्रदिपले आफू राष्ट्रमा परेको भिषण परिस्थितिमा पनि आफू घरमा लुकेर नबसेको जवाफ दिएका छन। उनले लेखेका छन्, ‘भारतमा कोभिडले चरम आतंक मच्चाउँदा नेपाली चलचित्रको लागि योगदान दिन तल्लिन भएरै काममा लागेको छु। भाइरस आज होला, क्यान्सर पहिलादेखि नै थियो। भ्याक्सिन बनाउने ठूलो होला तर क्यान्सरको औषधी पत्ता लगाउने पनि कम हुँदैनन्। ‘प्रेमगीत ३’ मार्फत नेपाली चलचित्र क्षेत्रको क्यान्सरको उपचार पत्ता लागोस्। प्रचार नगर्दा योगदान मुल्यांकन हुन्न भने मेरो भन्नु केही छैन।’

उनले पैसा माग्दै आधा खल्तीमा हालेर आधा बाढ्दै हिड्न पर्छ भन्ने कही छ भनेर पनि एक प्रश्नकर्तालाई जवाफ दिएका छन। प्रदिपले सामाजिक काम गरेको देखाउन बन्द गर्न आवश्यक छ भन्दै जसको जे काम हो सोही कामबाट योगदान दिन आवश्यक रहेको जवाफ दिएका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया