Awareness

बडिगाड नदीमा र्याफ्टिङ्ग चलाउन मुसिकोट नगरपालिकाले फेरी पहल गर्दै

खबर

Place for ads

वामीटक्सार: गुल्मीको मुसिकोट नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बडिगाड नदीमा राफ्टीङ्ग चलाउनेबारे चर्चा गरेको छ।

यसअघि मुसिकोट नगरपालिकाले बडिगाडमा सफल रुपमा राफ्टीङ्ग परीक्षण गरेको थियो। गत २०७६ सालमा मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष समेत रहनुभएको प्रकाश काफ्ले र समाजसेवी व्यवसायी चूडामणी सापकोटाले नेतृत्व गरेको झक्कले एग्रो रिसोर्टले राफ्टीङ्ग चलाउने जमर्काै गरेको थियो।

Get Vaccinated

नयाँ बर्ष प्याकेज अन्तर्गत वैशाखमा राफ्टीङ्ग चलाउन खोजिएपनि मानिसहरुको उल्लेखनिय चासो नदेखिएको कारण केही दिनमै फिर्ता पठाउनुपर्याे। आयोजकले घाटा नै व्यहोर्नु परेको थियो। सो समयमा पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण विष्ट समेत सहभागि हुनुभएको थियो।

स्थानीय सरकार गठन भएपछि यस क्षेत्रमा बडिगाड नदीको उपयोगिताबारे चर्चा हुँदै आएको छ। त्यसमध्ये जलयात्रा मुख्य हो। बाग्लुङको बडिगाड गाँउपालिका देखि गुल्मीको चन्द्रकोट गाँउपालिका सम्म बडिगाड नदीमा जलयात्रा गराउने बारे चर्चा चल्ने गरेको छ। यसपटक पनि मुसिकोट नगरपालिकाले र्याफ्टिङ्गको व्यवसायिकरणको लागि पहल गर्ने जनाएको छ। त्यसको लागि लुम्बिनी प्रदेश सरकारसँग सहकार्य र समन्वय भएको नगरपालिकाले जनाएको छ।

नीति तथा कार्यक्रमको ३६ नम्बर बुँदामा भनिएको छ, ‘बडिगाड नदिमा र्याफ्टिङ (जल विहार) संचालनको लागि प्रदेश सरकारद्वारा आयोजना गरिने लगानी सम्मेलनमा निजी क्षेत्रलाइ लगानिको लागि आव्हान गर्न अवधारणा पत्र पेश गराएको ब्यहोरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु। यसले गर्दा आन्तरिक एव् बाह्य पर्यटक आकर्षित हुने र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना साथै स्थानीय अर्थतन्त्रलाई चलायमान गराउने कुरामा विश्वास लिन सकिन्छ।’

यो पनि हेर्नुहोस्: यस्तो छ मुसिकोट नगरपालिकाको बजेट (पूर्ण पाठ सहित)

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *