Hi-Speed Computer

Awareness Campaign

बडिगाडका १ पुरूष सहित बागलुङमा २ जना काेराेना संक्रमितकाे ज्यान गयाे



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

– अनिष पाठक

बागलुङ: जिल्लामा थप दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन। बडिगाड गाउँपालिका वडा नम्बर २ का ६८ वर्षका पुरुष र बागलुङ नगरपालिका-३ का ८२ बर्षका अर्को पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना श्रोत व्यक्ती पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।

बडिगाडका ६८ वर्षिय पुरुषलाई गत जेठ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या भएपछि सोहि दिन धौलागिरी अस्पताल ल्याइएका उनको आज विहान ११ बजे ज्यान गएको घिमिरेले जानकारी गराए। निमोनियाको समस्या देखिएका उनको उपचारको ज्यान गएको स्वाथ्यकर्मिले बताएका छन।

Forest
Forest
Ad.

त्यस्तै बागलुङ नगरपालिका वडा नम्बर ३ का पुरुषको स्वास्थ्यमा समस्या भएपछि सोमबार अस्पताल पुगेका थिए । अस्पतालमा उपचारको क्रममा उनलाई कोरोना पुष्टि भएको थियो। उनको सोमबार साँझ ६ बजे उपचारको क्रममा निधन भएका स्वास्थ्य कार्यालय बागलुङका कोरोना श्रोत व्यक्ती पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।

अहिले जिल्लाभर ३ सय जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। त्यस मध्ये अधिकांश होम आइसोलेशनमा छन भने केही धौलागिरी अस्पताल र केही पालिकाले निर्माण गरेको कोभिड अस्पताल तथा आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया