Awareness

Get Vaccinated

गुल्मीको तम्घासमा घर भित्र छिर्यो ट्रिपर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको सदरमुकाम तम्घासको मिलनचोकवासी ओरालो र साँघुरो सडकका कारण असुरक्षित हुँदै आएका छन।

हरेक वर्ष सवारी साधनहरुले घरमा ठक्कर दिने र क्षति पुराउने गरेका छन। यसवर्ष मात्रै मिलनचोकदेखि आदर्शचोकसम्मका चार वटा घरमा विभिन्न सवारी साधनहरुले घरमा ठक्कर दिएर लाखौंको क्षति पुर्याइसकेका छन्।

शनिवार बिहान १० बजेको समयमा लु २ ख २५७८ नम्बरको ट्रिपर आदर्शचोकका नविन पाण्डेको घर भित्रै छिर्याे। घरको कम्पाउण्ड भत्काउँदै मान्छे बसिरहेको कोठाको ढोकामा ट्रिपरको पछाडिको भाग आइपुग्दा पछाडीको ढोकाबाट भागेर मानिसहरु बाँच्न सफल भएका थिए।

पाण्डेले घ ट नामा करिब ५ लाख बराबरको क्षति भएको बताए। तम्घासखोलामा निर्माणधिन पुलमा ढुङ्गा लिएर आएको उक्त ट्रिपर ब्याक गर्ने क्रममा पाण्डेको घरभित्र छिरेको प्रत्यक्षदर्शीले बताए।

एक वर्षमा मिलनचोक क्षेत्रका चार वटा घरहरुमा गाडीहरूले ठक्कर दिएर क्षति गरेको र पछिल्लो डेढ महिनाको अन्तरालमा मात्रै एउटा ट्रक र ट्रिपरले दुई वटा घरहरुमा क्षति पुर्याएको आदर्शचोकका वासिन्दा रामप्रसाद पन्थीले बताए।

तम्घास साहुटोलका समाज सेवी शालिक पन्थीले साँघुरो र व्यस्त सडक भएका कारण उदिनढुङ्गा जिप पार्क देखि आदर्शचोक सम्मको भित्री वैकल्पिक सडक बनाउन पाँच वर्ष अघिदेखि सुरु गरिएको जानकारी दिए।

Awareness by SKF

उक्त सडक जम्मा ३ सय ३० मिटर दुरीको भए पनि अझै सम्पन्न हुन नसकेको उनको भनाइ छ। २० फिट चौडा सहित उक्त सडक अहिलेसम्म ९० प्रतिशत सम्पन्न भएको बताइएको छ।

रेसुङ्गा नगरपालिकाले उक्त सडकको निकासका लागि एउटा घरलाई मुआब्जा दिएपनि हालसम्म कार्यान्वयन हुन नसक्दा निर्माण सम्पन्न हुन ढिलाइ भएको पन्थीको भनाइ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया