Smoking Causes Cancer

दुर्घटना हुँदा  गर्भवती महिलासहित ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर



ओझेलका खबर
५ मिनेट अगाडि


Place for ads

 

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन्। घाइतेमध्ये गर्भवती महिलासहित ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आज दिउँसो १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५–२० मिटर तल खेतमा खसेको हो।
दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम अवस्थामा घाइते भएका छन्।
त्यस्तै, नामथर र वतन नखुलेकी अन्दाजी ३२/३३ वर्षीया गर्भवती महिला गम्भीर घाइते भएकी छन्। मकवानपुरको बागमती गाउँपालिका–१ निवासी १९ वर्षीया कान्छीमाया पहरी र उनकी ३ वर्षीया छोरी समिक्षा पहरी पनि गम्भीर घाइते भएका छन्।
सोही स्थानका ९ वर्षीय प्रवास पहरी निधार र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका छन्। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। त्यस्तै, ७ वर्षीया स्वस्तिका पहरी पनि गम्भीर घाइते भएकी छन्।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरे निवासी ६० वर्षीया पातलीमाया भोलनसमेत गम्भीर घाइते भएकी छन्।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि मकवानपुरतर्फ पठाइएको छ। घटनास्थलमा प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली खटिएको र दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त अटो भने घटनास्थलमै रहेको छ।
…….
पोस्ट मिति : ७ कात्तिक २०८३
समय :  साँझ ५.१५ बजे
……..
ओझेलका खबर — खबर भित्रको खबर
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो