Smoking Causes Cancer

कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार कसुरदार नवलपरासी प्रहरीद्वारा पक्राउ



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads


बुटवल । कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएर लामो समयदेखि फरार रहेका एक कसुरदारलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला अदालतको २०६३ असार ३२ गतेको फैसलाले कैद सजाय ठहर भई कैद असुल हुन बाँकी रहेका प्रतापपुर गाउँपालिका–७, सूर्यपुरा निवासी ५७ वर्षीय वीरेन्द्र गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गुप्तालाई उनकै घरबाट फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले जनाएको छ ।

सिंचाई
Forest
Ad.

जिला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मदन थापाका अनुसार पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई कारागार चलान गरिएको छ।
……
पोस्ट मिति : २१ कात्तिक २०८३
समय : दिउँसो १२.४५ बजे

……
ओझेलका खबर — खबर भित्रको खबर

………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

 

Awareness by SKF

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो