Smoking Causes Cancer

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई करिश्मा मानन्धरको रु. १ लाख सहयोग



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौँ: चर्चित अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गरेको जानकारी गराएकी हुन्।

‘सिन्धुपाल्चोकको सहयोगको लागि’ भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘हिजो भएको मिटिङअनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुको तर्फबाट आआफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निधो भयेकाले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराएँ।’

अहिले कोरोनाको मारामारिको यो अवस्थामा यो नै सुरक्षित उपाय भएको उल्लखे गर्दै उनले भनेकी छन्, ‘उठेको रकमले कमसेकम उहाँहरूका लागि वर्षाको यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस्। मेरो तर्फबाट रु. एक लाख उपलब्ध गराउने जानकारी गराउन चाहन्छु।’

सिंचाई
Forest
Ad.

यो समस्या सहभागितामूलक तरिकाबाट मात्रै समाधान हुने सक्ने भएकाले सकेको सहयोग गर्न उनले सबैलाई अनुरोध गरेकी छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया