बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या गरी कानमा लगाएका सुनका गहना लुटेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रबक्ता प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार २०८३ कात्तिक १२ गते बिहान करिब ११ बजे कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धानखेतमा कोटहीमाई गाउँपालिका–७ छोट्की मझगाँवा निवासी ४९ वर्षीया जुबेदा खातुन धोबीको हत्या भएको थियो।
प्रहरीका अनुसार उनलाई टाउकोमा कोदालोको बिँडले प्रहार गरी घाँटीमा हँसियाले घोपी हत्या गरिएको र कानमा लगाएका सुनका गहना लुटेर लगिएको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले कोटहीमाई गाउँपालिका–६ का चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा खजनी चोक निवासी ४० वर्षीय बैजनाथ यादव, बोगडी निवासी २६ वर्षीय मनोज हरिजन, खजनी चोक निवासी ३० वर्षीय प्रमोदकुमार कुर्मी र मर्चवारी निवासी ३५ वर्षीय धर्मराज यादव रहेका छन्।
प्रहरीले पक्राउ परेका चारै जनालाई रुपन्देही जिल्ला अदालतमा पेस गरेकोमा अदालतबाट २०८३ कात्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
…….
मङ्गलबार, १७ कात्तिक २०८३, १९ : १०
……..
ओझेलका खबर – खबर भित्रको खबर
……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









