Smoking Causes Cancer

जाजरकोटमा अटो चालकलाई सुरक्षित यातायात सञ्चालन गर्न प्रतिबद्धता



ओझेलका खबर
२ मिनेट अगाडि


Place for ads

जाजरकोट। सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय जाजरकोटले अटो चालकहरूलाई प्रतिबद्धता गराएको छ।

आज कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक बुद्धि सागर पुरीले जिल्लाभित्र सञ्चालनमा रहेका अटो चालकहरूलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउँदै सुरक्षित यातायात सञ्चालनसम्बन्धी आवश्यक निर्देशन तथा सुझाव दिनुभएको हो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा अटो चालकहरूलाई सवारी चालक अनुमतिपत्र, सवारी दर्ता प्रमाणपत्रलगायत आवश्यक कागजात अद्यावधिक गरेर मात्रै सवारी सञ्चालन गर्न, अटोको नियमित जाँच तथा मर्मतसम्भार गर्न र ब्रेक, बत्ती, टायर तथा हर्नलगायत सुरक्षा उपकरण दुरुस्त राख्न आग्रह गरिएको छ।

त्यस्तै, तोकिएको क्षमताभन्दा बढी यात्रु वा सामान नबोक्ने, यात्रुलाई सुरक्षित रूपमा चढाउने र ओराल्ने तथा सवारी नियमको पूर्ण पालना गर्ने विषयमा पनि चालकहरूलाई सचेत गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै जिम्मेवार र सुरक्षित यातायात सेवा सञ्चालन गर्न चालकहरूलाई प्रतिबद्ध गराइएको प्रहरीले छ। प्रतिबद्धता यस्तो छ -सुरक्षित यात्रा, सुखद गन्तव्य।
.………
पोस्ट मिति : २०८३ कात्तिक १२ गते
समय : दिउँसो १२:५०  बजे
………
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो