प्रेम सुनार
गुल्मी, १२ कार्तिक । विश्व शान्ति तथा मानव कल्याणको मंगल कामनासहित रेसुङ्गाको पवित्र भूमिमा स्थापना गर्न लागिएको ५१ फिटको भव्य तथा दिव्य त्रिशूलसहित श्रद्धेय माताजी श्री विष्णु धर्ती माता गुल्मी आइपुग्नुभएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका – ४ पनाहमा जन्मनु भएकी माताजी स्वयम् गुल्मेलि चेली हुनुहुन्छ।
श्री बाला सिद्ध मन्दिर, रेसुङ्गा, गुल्मीको आयोजना तथा श्री धर्ती आमा फाउन्डेशनको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस ऐतिहासिक धार्मिक महोत्सवलाई लिएर जिल्लामा अभूतपूर्व उत्साह छाएको छ।
कार्यक्रमका मुख्य तालिका तथा विवरणहरू:
आजको कार्यक्रम: ५१ फिटको दिव्य त्रिशूल आज तम्घासको चिदिचौरमा राखिनेछ।
भोलिको यात्रा: भोलि बिहान बाजागाजासहित चिदिचौरबाट रेसुङ्गाको ऐतिहासिक यात्रा तय गरिनेछ।
प्रमुख निमन्त्रणा: माताजीले गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडियोसाव), यहाँका जनप्रतिनिधिहरू तथा समस्त आम सर्वसाधारणलाई यो पावन अनुष्ठानमा उपस्थित हुनका लागि विशेष निमन्त्रणा दिनुभएको छ।
विशेष अनुरोध: “भोलि बिहान ठीक सातै बजे चिदिचौरमा आएर त्रिशूल यात्रामा जोडिदिनुहोला र रेसुङ्गामा हुने पाँच दिने धार्मिक अनुष्ठानमा सहभागी भइदिनुहोला,” माताजीले सबैमा हार्दिक आग्रह गर्नुभएको छ।
ऐतिहासिक पृष्ठभूमि: श्रद्धेय माताजी श्री विष्णु धर्ती माताज्युले यसै पवित्र भूमि रेसुङ्गामा ५३ दिनसम्म कठिन ध्यान तथा तपस्या गरी सिद्धि प्राप्त गर्नुभएको थियो। माताज्युको पावन जन्मस्थल र यो पवित्र तीर्थस्थलमा बन्न लागेको धर्ती आमाको मन्दिर निर्माण कार्य यसै अनुष्ठानबाट अघि बढाइँदैछ।
भोलि कार्तिक १३ गतेदेखि सुरु हुने यस ५ दिवसीय पावन धार्मिक अनुष्ठान (होम, लाखबत्ती, सत्संग, पूजा-आराधना र आशीर्वाद प्रदान) मा उपस्थित भई सनातन धर्मको संरक्षण र विश्व शान्तिको महाअभियानलाई सफल बनाउन आयोजकले सबैमा अपिल गरेको छ।
स्थान: तम्घास तथा रेसुङ्गा, गुल्मी
आयोजक: श्री धर्ती आमा फाउन्डेशन
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









