Smoking Causes Cancer

चक्रवात ‘अर्नब’को प्रभावले वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

                           ( AI फोटो )

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, चट्याङ र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाको विशेष मौसमी बुलेटिन तथा पछिल्लो पूर्वानुमानअनुसार २०८३ कात्तिक १२ गतेदेखि १४ गतेसम्म देशका विभिन्न भागमा मौसम प्रभावित हुन सक्नेछ। विशेषगरी शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना बढी देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ ।

सिंचाई
Forest
Ad.

महाशाखाका अनुसार केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने जोखिम रहन्छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिमसमेत हुन सक्ने चेतावनी दिइएको छ। प्रतिकूल मौसमले सडक तथा हवाई यातायात र दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानलाई धानबाली काट्ने र भित्र्याउने काम बिहीबारअघि नै सक्न, उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न र यात्रा गरिसकेकाहरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ। मौसमको अवस्था हेरेर यात्रा तथा बाहिरी कामको योजना बनाउन पनि आवश्यक छ।

मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको आधिकारिक सूचना हेर्न तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिन्छ।
स्रोत : जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन तथा प्रकाशित मौसम पूर्वानुमानसम्बन्धी विवरण।

Awareness by SKF

…………..
पोस्ट मिति : २०८३ कार्तिक १२ गते 
समय : ०६:५० बजे

……….
ओझेलका खबर — खबर भित्रको खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो