Smoking Causes Cancer

होटल भेनसका सञ्चालक पराजुलीको अन्त्येष्टि, हजारौँको सहभागिता



ओझेलका खबर
१ दिन अगाडि


Place for ads

बुटवल   ।गुल्मीमा सोमबार भएको स्कारपियो दुर्घटनामा ज्यान गुमाउनुभएका स्याङ्जाको वालिङ–१० निवासी ६३ वर्षीय व्यवसायी शिव पराजुलीको राम्दीघाटस्थित कालीगण्डकी तटमा अन्तिम संस्कार गरिएको छ।

उहाँको शवलाई हजारौँ वालिङवासीले बजार परिक्रमा गराउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए। स्वर्गीय पराजुली वालिङको भकुण्डेस्थित होटल भेनसका सञ्चालक हुनुहुन्थ्यो।

होटल व्यवसायका अलावा पर्यटन विकासमार्फत वालिङलाई चिनाउन उहाँको ठूलो योगदान रहेको वालिङस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर कुँवरले बताउनुभयो।

सिंचाई
Forest
Ad.

दुर्घटनामा ज्यान गुमाएका अन्य व्यक्तिको शव आ–आफ्नो स्थानमा लगिएको छ। स्याङ्जाका जिल्ला समन्वय समितिका पूर्वउपप्रमुख दिलीपकुमार बगाले र उहाँकी धर्मपत्नी नेताको शव भने अस्पतालमै राखिएको छ। छोरा अमेरिकाबाट आएपछि अन्तिम संस्कार गरिने कुँवरले बताउनुभयो।

दुर्घटनामा ज्यान गुमाएका पाण्डे परिवारका तीन जनाको शव परिवारले बुटवल लगेको उहाँले जानकारी दिनुभयो।
उक्त दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए। घाइतेहरूको उपचार भइरहेको छ।
………………..
पोस्ट मिति : २०८३ कात्तिक ११ गते
समय : दिउँसो ११  १० बजे
ओझेलका खबर — खबर भित्रको खबर
………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो