Smoking Causes Cancer

जनताको गोठालो भएर काम गरियो, तर जनताले चिनेनन् : कांग्रेस नेता महत



ओझेलका खबर
१ दिन अगाडि


Place for ads

नेपाली कांग्रेस गुल्मीका पुराना नेता चन्द्रबहादुर महतले लामो समय आफुहरुले जनताको काम गरे पनि निर्वाचनका बेला जनताले आफूहरुलाई नचिनेको भन्दै गुनासो पोखेका छन्।

आज नेता महतले आफ्नो सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक शैलीमा धारणा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, “भेडी गोठालोबाट उन्मुक्ति पाउनु पनि पदोन्नति हुनु सरह हो, धैर्य गर चेतना भया।”

उनको स्टाटस सार्वजनिक भएपछि त्यसको आशयबारे हातले चासो व्यक्त गरेका थियौ । “स्टाटस त कडा आयो नि, कुन प्रसङ्गमा होला?” भन्ने प्रश्नमा महतले भने, “बुझ्नुभएन? यत्रा वर्षसम्म जनताको काम गरियो, तर भोट हाल्ने बेलामा जनताले चिनेनन्।”

सिंचाई
Forest
Ad.

उनको अभिव्यक्ति पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनमततर्फ लक्षित हो कि भन्ने महसुस हुन्छ । यद्यपि, उनले आफ्नो स्टाटसमा त्यो कुप्रसङ्ग कोट्याएका छैनन्। 

महत सो पार्टी  गुल्मी क्षेत्र नम्बर  २ का पुर्व क्षेत्रीय सभापति हुन  । उनी पहिलो स्थानीय तहको निर्वाचनमा इस्मा गाउँपालिकाको  उमेदवार थिए  ।   जती बेला नेकपा  एमाले उमेदवार लक्ष्मण बिष्ट संग पराजित भएका थिए  ।
…………..
पोस्ट मिति : २०८३ कात्तिक ११ गते

समय : दिउँसो १२:४५ बजे

ओझेलका खबर — खबर भित्रको खबर
━━━━━━━━━━━━━━━━━━
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो