Hi-Speed Computer

Awareness Campaign

वडाअध्यक्ष तिमिल्सिना जो संक्रमितको शव आँफै घाट पुर्याउँछन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

– संजय रेग्मी

पर्वत: कोही व्यक्ति कोरोना संक्रमणबाट मुक्त भइसकेका व्यक्तिको सम्पर्क जान चाहँदैनन्। भाइरस पुनः सक्रिय भए आफूलाई पनि सर्न सक्ने जोखिमका कारण नेगेटिभ रिपोर्ट आइसकेपछि पनि मानिसहरू उनीहरूको नजिक जान डराउँछन्।

तर, मोदी गाउँपालिका-२, देउपुरका वडाध्यक्ष विकास तिमिल्सिना भने संक्रमितको आत्मबल बढाउन खटिरहेका छन्। यति मात्र होइन कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन पनि आफै खटिरहेका छन्।

Forest
Forest
Ad.

शुक्रबार राति देउपुरकै कोरोना संक्रमित ५५ वर्षीया महिलाको मृत्यु भयो। शनिबार बिहान वडाध्यक्ष तिमिल्सिना मृतकको घर पुगे। मृतकका परिवारका अन्य सदस्यहरू पनि संक्रमित थिए। संक्रमितको मृत्यु भएपछि गाउँलेहरु शव व्यवस्थापनका लागि अघि सर्ने कुरा नै भएन। त्यसैले वडाध्यक्ष नै अघि सरे।

‘घाट पनि त्यति टाढा थिएन। सबै तयारी गरेर आउनुपर्ने अवस्थामा सेनालाई पनि किन दुःख दिउँ जस्तो लाग्यो। संक्रमितको शव व्यवस्थापनमा गाउँलेहरू तम्सिन सक्ने कुरा पनि भएन।’ उनले भने, ‘म त जनताको सेवा गर्छु भनेर भोट मागेर आएको मान्छे। म जनतालाई जहाँनेर दुःख पर्छ त्यहाँ नेर आफैँ खटिन सकेँ भने मात्र जनताको मनमा बस्न सक्छु।’

गाउँलेहरूले कोरोनाको खोप नलगाएका कारण उनीहरू झनै जोखिममा पर्न सक्ने भएका कारण पनि वडाध्यक्ष तिमिल्सिनाले गाउँलेको सहयोग मागेनन्। बरु मृतक महिलाका संक्रमित नातिलाई नै साथमा लिएर व्यवस्थापनमा लागे।

‘नागरिकले खोप पाएका छैनन्। खोप नपाएका मान्छेहरू हामी लगाएकाहरू भन्दा बढी खतरामा छन्। यही कारण पनि मैले गाउँलेहरूको गुहार माग्न सकिनँ,’ तिमिल्सिना भन्छन्, ‘संक्रमण भइरहेको मान्छेलाई त थप केही नुहने भयो। नाति बोक्न सक्ने अवस्थामा हुनुहुन्थ्यो। उहाँ र मैले शव बोकेर घाटमा पुग्यौँ। चिता चिन्यौँ र जलायौँ।’

Awareness by SKF

शव व्यवस्थापनमा मात्रै होइन वडाका संक्रमितहरुको घर-घरमा वडाध्यक्ष तिमिल्सिना पुग्दै आएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि तथा गाउँमा सुरक्षा सतर्कताबारे ज्ञान दिँदै र अवलोकन गर्दै उनीसहित स्वास्थ्यकर्मीको टोली पनि संक्रमितको घरमा पुग्दै आएको हो।

असइबाट वडाध्यक्ष बनेका तिमिल्सिना

तिमिल्सिनाले २० वर्ष लामो प्रहरीको सेवा हुन्। त्यसैले अहिले पनि उनको काम गर्ने शैली प्रहरीको जस्तो छ। गर्नुपर्ने काम गरिहाल्नुपर्ने, आवश्यक परेमा निडर भई जस्तो ठाउँमा पनि हात हाल्ने।

वडाध्यक्ष हुनुअघि उनी ट्राफिक प्रहरीको असई पदमा बाग्लुङ कार्यरत थिए। उनी पेन्सन निस्किए। यसैको तीन महिनापछि वडाध्यक्षमा निर्वाचित भए। प्रहरीमा छँदा पनि राम्रो छवि बनाएका तिमिल्सिना वडाध्यक्षको रूपमा पनि त्यही छवि कायम गरेका छन।

वडामा रहने पाँच जनप्रतिनिधिमध्ये विकास नेपाल प्रहरीबाट सेवा निवृत्त हुन। अन्य दुईजना पनि भारतीय सेनाबाट अवकाश पाएकाहरू छन। यही कारण उनीहरूको काम गर्ने शैली एकै प्रकारको छ। परेको बेलामा कामको सुरुवात आफैंले गर्ने र अरूलाई आदेश दिनुभन्दा आफूले नै सुरुवात गरेर देखाउँदा त्यसले नागरिकमा जागरूकता ल्याउने तिमिल्सिना बताउँछन्।

साभार: ढोरपाटन न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया