Hi-Speed Computer

Awareness Campaign

लुम्बिनीमा पनि बाढीको उच्च जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: मनसुनी वायुका कारण देशभर वर्षा भइरहेको छ। आज प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, कर्णाली र महाकाली नदीको बहाव बढ्ने छ। त्यस क्षेत्रका सतर्क रहन आग्रह गरेको छ। यस्तै, यसका सहायक नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ। कनकाई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकाले यस क्षेत्रका बासिन्दाहरु पनि सतर्क रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर र संखुवासभामा बाढीको मध्यम जोखिम रहेका छ। यस्तै, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाहीमा पनि बाढीको जोखिम मध्यम नै रहेको छ।

Forest
Forest
Ad.

बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा र सिन्धुपाल्चोक बाढीको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको गोरखा, मनाङ, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुरमा उच्च जोखिम रहेको छ भने लमजुङ, कास्की, तनहुँ र स्याङ्जामा मध्यम जोखिम रहेको छ।

लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, पाल्पा, दैलेखमा उच्च जोखिम छ। कर्णाली प्रदेशको दैलेख, जाजरकोट, कालीकोट, जुम्लामा उच्च जोखिम रहेको छ भने सुर्खेत र सल्यानमा मध्यम जोखिम रहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, बाजुरा, बझाङ, दार्चुलामा उच्च जोखिम रहेको छ। डडेल्धुरा, बैतडी, डोटी र अछाममा बाढीको मध्यम जोखिम रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया