Clean Water Campaign

Awareness Campaign

मुस्ताङमा खोप तार्दै गरेको भिडियो शेयर गर्दै डब्लूएचओका निर्देशक द्वारा चिन्ता व्यक्त



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधनोम घेब्रेससले मुस्ताङ जिल्लामा लठ्ठीको सहाराले खोप तार्दै गरेका स्वास्थ्यकर्मीहरुको भिडियो पोष्ट गर्दै स्वास्थ्यकर्मीहरुले समेत खोप नपाएकोमा चिन्ता व्यक्त गरेका छन्।

महामारीको समयमा वास्तविक हिरोहरुले समेत खोप नपाएकोमा उनले चिन्ता व्यक्त गरेका हुन्। ट्वीटरमा भाइरल बनेको मुस्ताङको उक्त भिडियोलाई रिट्वीट गर्दै घेब्रेससले स्वास्थ्यकर्मीको प्रशंसा समेत गरेका छन्।

भिडियोमा मुस्ताङमा स्वास्थ्यकर्मीहरुले खोलाको भेलका बिच लठ्ठीको सहायताले खोपको बाकसलाई तार्दै गरेको दृश्य देखिन्छ। जुन भिडियो सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ।

Forest
Forest
Ad.

सोही भिडियोलाई रिट्वीट गर्दै घेब्रेससले यसरी खटिरहेका ‘रियल हिरोहरु’लाई नै खोपबाट वञ्चित गराउनु कति न्यायोचित होला भनेर प्रश्न गरेका छन्।

साथै आफ्नो शक्ति कर्तव्यले भ्याएसम्म खोपको समान वितरण गर्नुपर्ने पनि उनको भनाइ छ। खोपको विकास हुँदाका प्रारम्भिक दिनमा नै डब्लूएचओका महानिर्देशक घेब्रेससले खोपको समान वितरणमा गम्भीर हुनुपर्ने सुझाव दिएका थिए। साथै खोपले गर्दा धनी र विपन्न देशबीच गहिरो खाडल हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरेका थिए।

नेपाली सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा केही दिनअघि सार्वजनिक भएको मुस्ताङको उक्त भिडियोले यतिबेला विश्वभर चर्चा पाएको छ। कतिपय अन्तर्राष्ट्रिय मिडियाले समेत यसबारे समाचार बनाएका छन्।

साभार: अन्नपूर्ण पोष्ट

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया