Smoking Causes Cancer

Awareness Campaign

अर्घाखाँचीमा चोरी गर्ने दुई जना पक्राउ



प्रेम सुनार
२ घण्टा अगाडि


Awareness

Place for ads

अर्घाखाँची, ६ जेठ: अर्घाखाँचीका विभिन्न ठाउँबाट मोटरसाइकल र इलेक्ट्रिक गाडी (EV) को चार्जिङ बक्स चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई समातेको छ।

पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका वडा नं. ७ घर भई हाल सन्धिखर्क बस्ने २७ वर्षीय विशाल जि.एम. र साविक नुवाकोट गाविसका २६ वर्षीय मनिष के.सी. रहेका छन्।

प्रहरीका अनुसार गत वैशाख ३१ गते राति अमराई बजार स्थित कृषि विकास बैंक रहेको घरको बरण्डामा पार्किङ गरिराखेको एभेन्जर मोटरसाइकल, शितगंगामा सुटिङ-सटिङ सेन्टर अगाडि पार्किङ गरिराखेको पल्सर मोटरसाइकल र हिलेखोलामा वर्ल्ड स्टार होटलको आँगनमा रहेको टेबलबाट गाडी चार्ज गर्ने एडाप्टर बक्स चोरी भएको थियो।

सिंचाई
Forest
Ad.

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय ठाडाले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले घटनाबारे थप सोधपुछ भइरहेको जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →