जापान: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–३, धरमपानी निवासी युवा व्यवसायी गोकुल कार्कीले लामो संघर्ष र अनुभवपछि अहिले आफ्नै ठाउँमा “कार्की बाख्रा फार्म” सञ्चालन गर्दै उदाहरणीय यात्रा अघि बढाइरहनुभएको छ ।
उहाँले करिब १५ वर्ष भारतमा बिताउँदै विभिन्न क्षेत्रमा मेहनत गर्नुभयो भने १२ वर्षसम्म रियल स्टेट व्यवसायमा सक्रिय रहनुभयो । त्यसपछि ३ वर्षसम्म “कार्की टुर एण्ड ट्राभल्स” मार्फत दिल्ली–बुटवल रुटमा यातायात व्यवसाय सञ्चालन गर्दै सफल व्यवसायिक अनुभव हासिल गर्नुभयो ।
उक्त टुर एण्ड ट्राभल्समा अमित कार्कीसँग साझेदारीमा ३ वटा बस सञ्चालन गरिएको थियो । लामो समयको व्यवसायिक अनुभव, संघर्ष र मेहनतपछि अहिले आफ्नै जन्मथलो गुल्मीमा “कार्की बाख्रा फार्म” सञ्चालन गर्दै कृषि तथा पशुपालन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरिरहनुभएको छ ।
विदेशको अनुभव, व्यवसायिक सोच र गाउँप्रतिको माया जोडेर सुरु गरिएको यो प्रयास अहिले धेरै युवाका लागि प्रेरणाको विषय बनेको छ । मेहनत, धैर्यता र आत्मविश्वास भए आफ्नै ठाउँमै पनि सफल भविष्य बनाउन सकिन्छ भन्ने उदाहरण गोकुल कार्कीले प्रस्तुत गर्नुभएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








