Smoking Causes Cancer

गलकोट मावि, गलकोट-३ मा बिदाई कार्यक्रम सम्पन्न



लालु प्रसाद गैरे
३ महिना अगाडि


Place for ads

गलकोट, बागलुङ – गलकोट नगरपालिका वडा नं. ३ स्थित गलकोट माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै बिदाइ तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई सम्मानसहित बिदाइ गरिएको हो। कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले आफ्नो रुचि र क्षमता अनुसारको विषय छनोट गरी उच्च शिक्षा हासिल गर्न सुझाव दिनुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रमका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति अन्तर्गत गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए। कक्षा १२ का विद्यार्थीहरूले विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै मायाको चिनो प्रदान गरेका थिए भने उत्कृष्ट खेल प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक देवेन्द्र बहादुर खत्री, निमित्त प्रधानाध्यापक राम बहादुर खत्री, सहायक प्रधानाध्यापक नवराज गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य तुलसी परियार लगायत शिक्षक तथा विद्यार्थीहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उक्त कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता, विद्यार्थी ममता नेपालीको स्वागत मन्तव्य तथा मेघा नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो