Salime Malika Krishi Farm

Awareness Campaign

गलकोटमा ३२ औँ वार्षिकोत्सव तथा चैते दशैँ मेला सम्पन्न



लालु प्रसाद गैरे
१ मिनेट अगाडि


Awareness

Place for ads

गलकोट । गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्चको आयोजनामा ३२ औँ वार्षिकोत्सव तथा चैते दशैँ मेला २०८२ सम्पन्न भएको छ ।

“खेलकुद, कला र संस्कृति हाम्रो सान, पर्यटकीय स्थल कोतमैदान गलकोटको पहिचान” भन्ने मूल नाराका साथ आयोजना गरिएको मेला विविध कार्यक्रमसहित सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे ले गलकोटको समग्र विकासका लागि संस्कृति, खेलकुद र सामाजिक एकता मजबुत हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता मेलामहोत्सवले स्थानीय पहिचान जोगाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा यस्ता गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजान नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

सिंचाई
Forest
Ad.

सो अवसरमा वडा नं. १ का वडा अध्यक्ष लालबहादुर राना तथा मञ्चका संस्थापक अध्यक्ष देवेन्द्र बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला वडा स्तरीय लोकगीत तथा लोकनृत्य प्रतियोगितामा बरेङ गाउँपालिका वडा नं. ५ सुखौरा भित्रिबन समूह प्रथम, ताराखोला मगर समाज द्वितीय र कोतमैदान आमा समूह तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु २० हजार र तृतीय हुनेले रु १० हजारसहित पुरस्कार प्राप्त गरेका छन् ।

Awareness by SKF

मेलामा चर्चित कलाकार दिप्लव खातीको सांगीतिक प्रस्तुति तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो । साथै, मेला सफल बनाउन सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो ।

कार्यक्रम मञ्चका अध्यक्ष हर्क पन्तको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष गगन कुँवरको स्वागत मन्तव्य र सचिव गुञ्ज बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

साथै गलकोटको ऐतिहासिक शक्ति पीठ कोतघरस्थित खड्का मन्दिर तथा भगवती मन्दिरमा जम्मा आम्दानी रु १ लाख ७२ हजार ३० (१७२०३०) संकलन भएको छ।

उक्त रकममध्ये विभिन्न कार्यमा रु १ लाख ५३ हजार ८ सय ८० (१५३८८०) खर्च गरिएको छ।

खर्चपछि रु १८ हजार १ सय ५५ (१८१५५) रकम बचत रहेको जानकारी कोषाध्यक्ष दल बहादुर खड्का ले दिनुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो