Smoking Causes Cancer

ताराखोलामा सोम शर्मासहित रास्वपाको चुनावी घरदैलो



लालु प्रसाद गैरे
५ महिना अगाडि


Place for ads

बागलुङ: ताराखोला गाउँपालिकामा प्रतिनिधि सभा निर्वाचन लक्षित घरदैलो अभियान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरु गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङ जिल्ला क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार सोम शर्मा सहित पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूको सहभागितामा अभियान सञ्चालन भएको हो।

घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सोम शर्माले रास्वपाको नीति, उद्देश्य र वैकल्पिक राजनीतिको अवधारणाबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो,

“देशलाई नयाँ सोच र इमानदार नेतृत्वको आवश्यकता छ। पुराना दलको कार्यशैलीले जनताको विश्वास गुमाइसकेको छ। हामीले इमानदार राजनीति, भ्रष्टाचारविरुद्धको कडा लडाइँ र जनताको समस्या संसदसम्म पु¥याउने प्रतिबद्धता लिएर अघि बढेका छौं।”

सिंचाई
Forest
Ad.

साथै शर्माले स्थानीयवासीले उठाएका विकास, रोजगारी, शिक्षा र स्वास्थ्यसम्बन्धी समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रास्वपा आगामी दिनहरूमा ताराखोला गाउँपालिकाका अन्य वडाहरू तथा बागलुङ क्षेत्र नम्बर २ का विभिन्न स्थानमा घरदैलो अभियानलाई निरन्तरता दिने बताएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो