Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङ-२ बाट एमालेको प्रत्यक्ष उम्मेदवारमा मञ्जु शर्मा चालिसे सिफारिस



लालु प्रसाद गैरे
१ हप्ता अगाडि


Awareness

Place for ads

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. २ बाट नेकपा एमालेका केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम सिफारिस भएको छ ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. २ को सम्पन्न बैठकले चालिसेको नाम सर्वसम्मत सिफारिस गरेको एमाले जिल्ला उपाध्यक्ष विष्णु भुषालले जानकारी दिनुभयो । क्षेत्रीय समन्वय कमिटिका संयोजक तथा जिल्ला उपसचिव करमती पुनको अध्यक्षतामा बसेको वैठकले उमेदवारका लागि दावी गरेकाहरुसंगको परामर्श पछि चालिसेको नाम एकल रुपमा सिफारिस गरेको हो ।

चालिसे २०७९ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट एमालेको उमेदवार रहनु भएको थियो । तत्कालिन गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग थोरै मतले पराजित चालिसे हालै सम्पन्न एमालेको एघारौ महाधिवेशनबाट गण्डकी भुगोलमा महिलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको हो ।

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि क्षेत्र नं. २ ले गलकोटमा राखेको उमेदवारहरुका आकांक्षीहरुबीचको छलफलमा विघटित प्रतिनिधि सभामा एमालेका समानुपातिक सांसद रहनुभएका देवी प्रकाश भट्टचन र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहितका १२ जनाले दावी गरेका थिए ।

सिंचाई
Forest
Ad.

भट्टचन र नेपाली सहित प्रदेश कमिटि सदस्यहरु भीम प्रसाद शेरचन (सुनिल), टंक प्रसाद पौडेल र तिलक उप्रेती, पूर्व प्रदेश कमिटि सदस्य याम बहादुर श्रीस, पूर्व जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, पूर्व प्रदेश कमिटि सदस्य अमरसिंह घर्ति, जिल्ला कमिटि सदस्य युवराज महत, बागलुङ काठमाडौं सम्पर्क मञ्चका दलबिर भण्डारी, गलकोट नगर कमिटिका उपाध्यक्ष इश्वर बोहोराले उमेदवारका लागि दावी गर्नु भएको थियो ।

प्रारम्भिक छलफलमा धेरैले दावी गरे पनि क्षेत्रीय समन्वय कमिटिले एकल नाम सिफारिस गरेर निर्वाचनमा केन्द्रीत हुने वातावरण सिर्जना गरेको उपाध्यक्ष भुषालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो