Smoking Causes Cancer

Awareness Campaign

बागलुङमा एमालेको जनजागरणसभा, ठूलो सहभागिता



लालु प्रसाद गैरे
७ महिना अगाडि


Awareness

Place for ads

बागलुङ । नेकपा एमाले बागलुङले शनिबार जिल्ला सदरमुकाम बागलुङ बजारमा जनजागरणसभा सम्पन्न गरेको छ। जेनजी आन्दोलनपछि उत्पन्न भ्रम चिर्न तथा आगामी केन्द्रिय महाधिवेशनको सन्दर्भ जोडेर जनजागरणसभा आयोजना गरिएको एमालेले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले विघटित संसद पुनःस्थापना मार्फत जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने तथा पार्टीका कमजोरी महाधिवेशनमार्फत सच्याउँदै जनतामाझ जानुपर्ने धारणा राखे।
सभा अघि एमाले पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल र्‍यालीले बागलुङ बजार परिक्रमा गरेको थियो।

बागलुङ बजारको बाघचोकमा आयोजित कोणसभामा नेकपा एमाले पोलिटव्युरो सदस्य मनकुमारी केसीले वर्तमान परिस्थितिमा संविधान रक्षा र राजनीतिक दलको महत्व बुझाउन आवश्यक रहेको बताइन्। उनले राजनीतिक दलको योगदानलाई कमजोर नआक्न आग्रह गर्दै एमाले देशको ठूलो पार्टी भएकाले कमजोरी सच्याउँदै अघि बढ्ने बताइन्।

सिंचाई
Forest
Ad.

कार्यक्रममा केन्द्रीय सदस्यहरू गोबिन्द नेपाली, इन्द्रलाल सापकोटा, सूर्य पाठक तथा जिल्ला सदस्य शेखर खड्काले पछिल्लो राजनीतिक परिदृश्य र एमालेले अघि सारेका नीतिबारे मन्तव्य राखे।

जनजागरणसभा उपाध्यक्ष हिराबहादुर केसीको अध्यक्षता तथा उप–सचिव धनबहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो।
र्‍याली तथा सभामा एमाले नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो