Awareness Campaign

मानव सेवा आश्रम भवन निर्माणका लागि ५ करोड खर्च, अझै ४ करोड आवश्यक



लालु प्रसाद गैरे
१ हप्ता अगाडि


Awareness

Place for ads

बागलुङ: मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ-२०८२ को तयारी तीव्र पारिएको छ। कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङ नगरपालिका-४, निरयघाटमा महायज्ञ हुने कार्यक्रम तय गरिएको छ।

महायज्ञ सुरु नहुँदै सहयोग जुट्ने क्रम सुरु भएको आश्रमले जनाएको छ। भवन निर्माणका लागि हाल अमेरिकामा रहेका रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले संयुक्त रूपमा रु. ५० हजार ५ सय ९८ सहयोग गरेका छन्।

त्यस्तै, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आश्रम भवनको निर्माणका लागि आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ। नगर उप–प्रमुख राजु खड्काले रु. १ लाख १ सय ११, वडा नं. ८ का अध्यक्ष छमबहादुर कार्कीले एक महिनाको तलब, र अन्य कार्यपालिका सदस्यहरूले १५ दिनको भत्ता सहयोगस्वरूप दिने घोषणा गरेका छन्।

सिंचाई
Forest
Ad.

गलकोट नगरपालिका–१० का समाजसेवी मानसिंह छन्त्यालले पनि भवन निर्माणका लागि रु. १ लाख ५ हजार ५ सय ५५ सहयोग गर्नुभएको मानव सेवा आश्रमकी अभिभावक सुमिरा लामाले जानकारी दिनुभयो ।

हाल बागलुङ नगरपालिका–३ लालीगुराँसचोकस्थित आश्रममा ३५ महिला र २९ पुरुष गरी ६४ जना सहयोगापेक्षी आश्रित छन् । निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने कार्यक्रम तय भएको छ ।

महायज्ञलाई सफल बनाउन बागलुङ नगरपालिका–२ मा सचिवालय स्थापना गरी प्रचार–प्रसार, जनसम्पर्क, सदस्यता वितरण र सहयोग संकलनका गतिविधि तीव्र पारिएको छ । साथै, आश्रमले बागलुङ, पर्वत र म्याग्दी जिल्लामा स्नेहमिलन कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ ।

मूल समारोह समितिका महासचिव युक्तप्रसाद सुवेदीका अनुसार सचिवालयले तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको छ ।

Awareness by SKF

दुई सय जना सहयोगापेक्षीलाई सेवा दिन सक्ने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । हालसम्म भवन निर्माणमा ५ करोड रुपैयाँ खर्च भइसकेको र पूर्ण निर्माणका लागि अझै ४ करोड रुपैयाँ आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

महायज्ञमार्फत आवश्यक रकम संकलन गरी भवन निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो