Smoking Causes Cancer

दुई फरार प्रतिवादी कारागार चलान



लालु प्रसाद गैरे
१२ महिना अगाडि


Place for ads

बागलुङ: बैंकिङ र पशुपंक्षीसम्बन्धी फरार रहेका दुई जना प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा गलकोट नगरपालिका–१ दुधिलाभाटीका ६० वर्षीय जंगबहादुर पुन र २० वर्षीय सुदिप नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेका अनुसार, पुनलाई उच्च अदालत पाटनको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा सैतीस लाख रुपैयाँ जरिवाना र छ दिन कैद सजाय तोकिएको थियो।

सिंचाई
Forest
Ad.

त्यस्तै, नेपालीलाई जिल्ला अदालत बागलुङले मिति २०८१ असार ५ गते फैसला गरेको पशुपंक्षी विरुद्धको कसुरमा दुई महिना सात दिन कैद सजाय सुनाइएको थियो।

दुवै जना फरार अवस्थामा लुकेर बसेको सूचनाको आधारमा गलकोट प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। फैसला कार्यान्वयनका लागि दुबैलाई बागलुङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो