Salime Malika Krishi Farm

Awareness Campaign

इस्मामा वृद्ध र अशक्तको परिचयपत्र घरमै नवीकरण



टोपलाल अर्याल
३ महिना अगाडि


Awareness

Place for ads

गुल्मी। गुल्मीको इस्मा गाउँपालिका–२, हस्तीचौरकी ८९ वर्षीय ईश्वरी बोहोराको घरमै पुगेर गाउँपालिकाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिदिए । बोहोरा उमेर र रोगले बिस्तारा छोड्न नसक्ने हुनुभएको छ ।

परिवारका सदस्यको सहाराबिना केही गर्न नसक्ने वृद्धाको घरमै पुगेको स्थानीय सरकारले दिएको सेवाप्रति बोहोराले धन्यवाद दिनुभयो । उहाँका सहारा बनेका छोरा डम्बर बोहोरा पनि ‘ख’ वर्गको अपाङ्गता हुनुहुन्छ । २०५३ सालमा दुर्घटनामा परेर दायाँ खुट्टा गुमाउनुभएका बोहोराले नै आमाको हेरचाह गर्दै आउनुभएको छ । पहिले पहिले जस्तै भत्ता र नवीकरणका लागि गन्तव्यमा बोकेर लैजानुपर्ने बाध्यता हटेकोमा डम्बरबहादुर पनि खुसी हुनुहुन्छ ।

उहाँले आमा वृद्धा र आफू पनि अपाङ्गता भएकाले नवीकरण जस्तै भत्ता पनि सरकारले घरमै उपलब्ध गराए ठुलो राहत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आमा वृद्धा र म अपाङ्ग छु । भत्ता नवीकरण गर्न पालिकाकै कर्मचारी घरमा आउँदा निकै खुसी लाग्यो । भत्ता पनि लिएर घरमै आए गाउँ गाउँमा सिंहदरबारको वास्तविक अनुभूति हुन्थ्यो ।”

सिंचाई
Forest
Ad.

इस्मा–५, रातामाटाका ८८ वर्षीय नेत्रबहादुर कुमालको पनि उमेर र बिमारले बिस्तारा छोड्ने अवस्था छैन । नाति रविलाल कुमालका अनुसार बिस्तारै बिमार थपिंँदै गएको छ । उहाँलाई पनि गाउँपालिकाका कर्मचारी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरे । घरमै सेवा पाउँदा ठुलो राहत महसुस भएको उहाँले बताउनुभयो ।

इस्मा–२, हस्तीचौरकी उमा सारू दुई वर्षदेखि पक्षाघातको बिमारले बिस्तारामै हुनुहुन्छ । सोही गाउँकै लोकबहादुर सारू लामो समयदेखि घुँडाको समस्याले बिस्ताराबाट तल झर्न सक्नुहुन्न । श्रीमती लक्ष्मीकला सारूले श्रीमान्को हेरचाह गर्नुभएको छ । विगतमा नजिकैको स्कुल र वडासम्म भत्ता परिचयपत्र नवीकरण गर्न बोकेर लैजानु पथ्र्यो, अहिले घरमै पालिका आएपछि लक्ष्मीकला र लोकबहादुर खुसी नहुने कुरै भएन । सारू दम्पतीले नै भत्ता बुझ्ने गर्नुहुन्छ । सरकार नसक्नेकै लागि भएकाले भत्ता पनि घरमै लिएर आउनुपर्ने लक्ष्मीकलाको आशा छ । सामाजिक सुरक्षा तथा पञ्जीकरण एकाइका एमएसआई कम्प्युटर अपरेटर बलराम खनालले परिचयपत्रबिना भत्ता रोकिने भएकाले अशक्त र बिरामीको घरमै पुगेर नवीकरण गरिएको बताउनुभयो ।

गाउँपालिकाले वडा नं. १ २ र ६ को भत्ता साइन रेसुङ्गा बैङ्क र ३, ४ र ५ को ग्लोबल आइएमई बैङ्कसँग सहकार्य गरेर छ वडाका टोलबाट वितरण गर्दै आएको छ । इस्मा गाउँपालिकामा तीन हजार ३२५ लाभग्राही रहेका छन् । कम्प्युटर अपरेटर खनालले पालिकाले बुटवल पुगेर पनि १४७ जनाको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण र एउटा नयाँ दर्ता गरेको जानकारी दिनुभयो ।

अझै आठ सय जना लाभग्राहीको नवीकरण बाँकी छ । इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले आफूहरूले नवीकरणकै व्रmममा एकमुस्ट सङ्ख्या प्राप्त भएपछि योजना बनाएर घरै पुगेर बिरामी, अशक्त र अपाङ्गलाई भत्ता वितरणको योजना बनाउने बताउनुभयो ।-गोरखापत्र

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →