Clean Water Campaign

Awareness Campaign

रुरु क्षेत्र धाममा आकर्षक फल्चा निर्माण



प्रेम सुनार
१ महिना अगाडि


Awareness

Place for ads

रेसुङ्गा। नेपालको प्रसिद्ध धाम रुरु क्षेत्रमा भरतपुर महानगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको साझेदारीमा आकर्षक फल्चा निर्माण गरिएको छ । रुरुक्षेत्र गाउँपालिका–१, रिडीमा फल्चा निर्माण गरिएको हो ।

निलकण्ठ कन्स्ट्रक्सनले ३२ लाख २६ हजार ८९१ रुपियाँको लागतमा फल्चा निर्माणको सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । निर्माण व्यावसायीले गत माघ १० गते कामको सम्झौता गरेका थिए ।

रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिएको छ । सोहि सम्बन्धको कारण रुरु क्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबिच ५०-५० प्रतिशत रकम साझेदारीमा रिडीमा फल्चा, विष्णु मूर्तिसहितका पर्यटकीय संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालील बताउनुभयो । रिडी बजार र कालीगण्डकी तटीय क्षेत्रलाई केन्द्रमा राखेर संरचना निर्माण तथा पुराना संरचना संरक्षण एंवम लामाचौपारीमा ठुलो मन्दिर निर्माण कार्य समेत अगाडि बढाइएको ज्ञवालीले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

उहाँले रुरुक्षेत्र धाम आफैँमा प्रसिद्ध भए पनि आवश्यक पर्यटकीय संरचनाहरू निर्माणको काममा आफुहरूले चासो दिएको बताउनुभयो । भरतपुर महानगरपालिकाकै सहयोगमा श्रृङ्गेश्वर धाममा पनि एक करोडको काम गरिएको गरिएको ज्ञवालीले बताउनुभयो ।

रुरुक्षेत्रमा तिन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । जसले धार्मिक पर्यटनलाई टेवा पुर्याएको छ । भने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी काेरिडोर रिडी हुँदै मुस्ताङ्ग जोडिएकाले लुम्बिनी आएका धार्मिक पर्यटकलाई रुरुसँग जोडन सजिलो भएका कारण धार्मिक गन्तव्यको रूपमा रिडी अगाडी बढेको छ ।

पर्यटकीय संरचनासहित धमाधम स्तरीय होटल लगायतका व्यावसायहरू खुल्न पर्यटकहरूलाई बास बस्न, गण्डकी स्नान गर्न र धार्मिक तथा पर्यटकीय संरचनामा समय कटाउन सजिलो हुँदै गएको रुरुक्षेत्र गाउँपालिका–१, रिडीका का युवा व्यावसायी सुन्दर कसजुले बताउनुभयो ।

रुरुको गरिमासहित अहिले बन्दै गरेका फल्चा, विष्णु मुर्ति, त्रिशुल, हनुुमान बाटिका र ॠषिकेश मन्दिरले धार्मिक पर्यटकलाई थप आकर्षित गरिरहेको व्यावसायी कसजुले बताउनुभयो ।

Awareness by SKF

गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →