Clean Water Campaign

Awareness Campaign

इस्माली समाज युएईको ‘एक घर एक फिल्टर‘ अभियान सुरु



टोपलाल अर्याल
३ हप्ता अगाडि


Awareness

Place for ads

रेसुङ्गा, साउन ७ गते: गुल्मीमा ‘एक घर एक आरो फिल्टर’ अभियान सुरु भएको छ । इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले इस्मा गाउँपालिका–५ इस्मा रजस्थलका खिमबहादुर बस्नेतलाई फिल्टर प्रदान गरेर इस्माली समाज युएईको यो अभियानको शुभारम्भ गर्नुभएको हो ।

उहाँले परदेशबाट पनि गाउँका स्थानीयलाई शुद्ध पिउने पानी खुवाउने पवित्र अभियानका लागि आयोजकलाई आभार प्रकट गर्नुभयो । यो अभियानलाई सहयोग र सहजीकरणको लागि आफुहरुले नीतिमा समेत उल्लेख गरेकाले इस्माली समाज युएईले सामाजिक विकासको क्षेत्रमा महत्त्वपूर्ण काम अगाडि बढाएको कुँवरले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

इस्माली समाजले शुद्ध पिउने पानीको पहुँच प्रत्येक घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थानसम्म पुर्‍याउने उद्देश्य राखेको छ । संस्थाले विशेष छुटमा चौधरी ग्रुपको गुणस्तरिय आरो फिल्टर इस्माका हरेक घर र सस्थामा एउटा राख्ने योजना रहेको इस्माली समाज युएईका अध्यक्ष मान बहादु कुँवरले बताउनुभयो।

उहाँले इस्मा गाउँपालिकाका अधिकांश विद्यालयहरु, स्वास्थ्य चौकी, कार्यालयहरु र स्थानीय घरधुरीहरुमा अझै पनि स्वच्छ पिउने पानीको सुविधा अभाव रहेकाले अभियानको सुरुवात गरिएकोले सवैको सहयोग र सद्भावको अपेक्षा गर्नुभयो । प्रदुषित खानेपानीका कारण मानव स्वास्थ्यमा ठुलो असर परेको हुन्छ । अधिकांश रोग पानीकै कारण लाग्ने भएकाले संस्थाले नागरिकलाई स्वच्छ पानीको पहुँच अभिवृद्धि गर्ने खेलेको भूमिका स्वागतयोग्य रहेको फिल्टरको प्राविधिक काम गरिरहेको चौधरी ग्रुपका बायो इन्जिनीयर गणेश प्रसाद पौडेलले बताउनुभयो।

उहाँले फिल्टरको प्राविधिक प्रयोग र उपयोगीताको बारेमा सहजीकरण गर्नुभएको थियो । इस्माली समाज युएई इस्मा गाउँपालिकाबाट युएईमा काम गर्नेहरुको संस्था हो । गत वर्ष स्थापना भएको संस्थाले बालबालिकाको स्वास्थ्य, शिक्षा र समुदायको समग्र जीवनस्तर सुधार गर्ने लक्ष्यका नयाँ अभियान सुरु गरेको इस्माली समाज युएईका महासचिव मनोज ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार अहिले पहिलो चरण ६५ वटा फिल्टर वितरण र जडान हुनेछ।

उहाँले प्रत्येक वडाका विद्यालयहरुमा विद्यार्थी सङ्ख्या, भौगोलिक अवस्था र आवश्यकता अनुसार प्राथमिकता दिइने बताउनुभयो । गाउँपालिकाका सबै छ वटा वडाको वडा कार्यालय, गाउँपालिका कार्यालय र स्वास्थ्य चौकीहरुमा समेत फिल्टर जडान गरिने छ । ज्ञवालीका अनुसार इस्मा गाउँपालिकाले होटल तथा रेस्टुरेण्टहरुलाई २५ प्रतिशत छुट दिने निर्णय गरेको अभियानमा सहभागी हुने करिब ६० प्रतिशत लागत चौधरी ग्रुपबाट सहयोग हुनेछ। -गोरखापत्र अनलाइन

Awareness by SKF

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →