बागलुङ: गल्कोट नगरपालिकाले हलगोरु पाल्ने किसानहरूलाई हलगोरु प्रोत्साहन अनुदान वितरण गरिएको छ। गल्कोट नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को हलगोरु प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत गल्कोट नगरपालिका भित्रका ९५ हलगोरू लाई हलगोरु प्रोत्साहन अनुदान वितरण गरिएको हो।
जस अन्तर्गत सुचना बमोजिम प्रस्ताव पेश गरेका गोठमा हल गोरु भएका तर विमा नगरेका र बैंकमा खाता नभएका किसानहरूले प्रोत्साहन अनुदान रकम पाएका छैनन्। परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नौ लाख पचास हजार प्रोत्साहन अनुदान सोझै किसानहरूको बैंक खातामा पठाइएको गल्कोट नगरपालिका का पशु सेवा शाखा प्रमुख चिन्तामणि शर्माले बताए l
उनले नगरपालिका सुचना प्रकाशन गरी प्रस्ताव सङ्कलन गरी आवश्यक प्रकृया पुरा गरेका ९५ जना किसान लाई दश हजारका दरले हलगोरु प्रोत्साहन अनुदान प्रदान गरिएको बताए । ‘हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौं, हाल ९५ किसानले लाभ उठाएका छन् ।
आधुनिकताको नाममा मिनीटिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्यामा परेको महसुसपछि यस्तो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







