Clean Water Campaign

Awareness Campaign

गुल्मीमा पहिलो पटक धुर्कोटले गर्यो बालश्रममुक्त पालिका घोषणा



प्रेम सुनार
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, असार १७: गुल्मीमा पहिलो पटक धुर्कोट गाउँपालिकाले बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न सफल भएको छ।

‘समृद्ध धुर्कोट, हाम्रो शान’ भन्ने नारासहित बालश्रम तथा सडक बालबालिकामुक्त गाउँपालिका घोषणा बुधबार १७औँ गाउँसभा अधिवेशनको चौथो बैठकमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले उक्त घोषणा गर्नुभएको हो।

सभामा आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८२ सर्वसम्मतिले पारित गरिएको छ भने चालु आर्थिक वर्ष २०८१/८२ को न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरिएको छ। अध्यक्ष पोखरेलले संघीय सरकारले सञ्चालन गरेका कतिपय आयोजना अलपत्र परे पनि पालिकाले सञ्चालन गरेका अधिकांश आयोजना सफल रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

सभामा विभिन्न सदस्यहरुले विकासका विविध पक्षबारे आफ्ना धारणा राखेका थिए।

सभा सदस्य चक्र बहादुर घर्तीले धुर्कोटलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्नेतर्फ पहल भइरहेको जानकारी गराउँदै मोटरबाटो विस्तारमा जोड दिनुभयो।

सभा सदस्य माधव पोखरेलले सिमाघाटदेखि आउने मोटरबाटो सुस्त गतिमा भइरहेको गुनासो गर्दै कृषकहरू वन्यजन्तुको आक्रमणबाट आक्रान्त भएको बताए।

Awareness by SKF

सभा सदस्य टोपलाल पराजुली र सीता सुनारले लक्षित वर्गको बजेट खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

सभा सदस्य तारा खनालले वाँदरको विगविगीले समस्या निम्त्याएको बताउँदै नियन्त्रणका उपायमा ध्यान दिन आग्रह गरिन्।

सभा सदस्य कोष बहादुर थापाले धुर्कोटले अग्रणी स्थान बनाइरहेको उल्लेख गर्दै बेरुजु शून्यमा झार्न, मदिरा नियन्त्रण गर्न तथा कृषिमा बन्यजन्तु नियन्त्रण नीति आवश्यक भएको बताए। मलको अभाव तथा जैविक मल प्रयोगमा जोड दिँदै कृषि शाखाको प्रभावकारितामाथि प्रश्न उठाए।

सभा सदस्य प्रेम बहादुर मुखियाले लक्षित वर्गको बजेट टोलस्तरीय योजनामा नदेखिएको गुनासो गरे। दलित बस्तीमा खानेपानीको अभाव रहेको र सडक जस्ता पूर्वाधार नपुगेको उल्लेख गरे।

सभा सदस्य विमला सुनार पाध्यवतीले सम्बन्धित वर्गसम्म बजेट नपुगेको धारणा राखिन्।

सभा सदस्य कृष्ण बहादुर नेपालीले आर्थिक तथा भौतिक क्षेत्रमा फड्को मारेको बताउँदै चेतना अभिवृद्धिसँगै पछाडि परेका वर्गलाई माथि उठाउने नीति आवश्यक रहेको बताए।

उपाध्यक्ष सीता गिरीले बजेटबारे महत्वपूर्ण विषय उठेको बताउँदै सीमित स्रोत साधनलाई अधिकतम उपयोग गरेर अगाडि बढिरहेको बताइन्।

अध्यक्ष पोखरेलले लक्षित वर्ग र कृषिमा बढी बजेट विनियोजन गरिएको जानकारी दिँदै वन्यजन्तु नियन्त्रणका लागि थप कदम चालिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

गाउँसभा बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, तथा वार्षिक बजेट तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →