Salime Malika Krishi Farm

Awareness Campaign

दुदिलाभाटीमा ३ दिने व्यावसायिक गाईभैँसी पालन तालिम सम्पन्न



लालु प्रसाद गैरे
१० महिना अगाडि


Awareness

Place for ads

बागलुङ: गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटीमा ३ दिने व्यवसायिक गाईभैंसी पालन तालिम सम्पन्न भएको छ ।

दुदिलाभाटी बहुउद्देश्यीय कृषी तथा पशुपालन समूहको आयोजना तथा गलकोट नगरपालिका पशुसेवा शाखाको प्राविधिक र आर्थिक सहयोगमा ३ दिने व्यवसायिक गाईभैंसी तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्वर का वडा अध्यक्ष लाल बहादुर रानाले गाउँ तथा समाजको आधार कृषी र पशुपालन रहेको बताउँदै अहिलेको समयमा यस्ता परम्परागत पेशालाई वैज्ञानिक र व्यसायिक ढंगबाट अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको थियो ।

सिंचाई
Forest
Ad.

गलकोट नगरपालिका वडा नम्वर १ भित्रका ३० जना कृषकहरूको उपस्थिति रहेको तालिममा गलकोट नगरपालिकाका पशु शाखा प्रमुख चिन्तामणि शर्मा, गलकोट नगरपालिकाका नायब पशु स्वास्थ्य प्राबिधिक राजन सुवेदी र बलाराम अधिकारिले असल पशुपालन अभ्यास, गाई भैंसीलाई सन्तुलित आहारको आवश्यकता, पशुमा लाग्ने रोगको पहिचान र निदान सम्बन्धि उपाय, उन्नत जातका घाँसको प्रयोग गरी दुध उत्पादन वृद्धि लगायतको बारेमा सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा ६० जना कृषकहरूलाई भिटामिन तथा मिनिरल वितरण गरिएको थियो ।

कार्यक्रम दुदिलाभाटी बहुउद्देश्यीय कृषी तथा पशुपालन समूहका अध्यक्ष नेत्र बहादुर बुढाथोकिको अध्यक्षता र सचिव मिन बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो